Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्राधिकरणले महसुल नतिर्ने सर्वसाधारणको लाइन काट्यो

प्राधिकरणले महसुल नतिर्ने सर्वसाधारणको लाइन काट्यो


काठमाडौं । पैसा नतिरेपछि लाइन काटिएका उद्यागमा बिजुली जोड्ने कि नजोड्ने भन्ने विषयमा सरकार र नेपाल विद्युत प्राधिकरणबीच ठूलै रस्साकस्सी भयो । अन्नतः सरकारी निर्देशनमा प्राधिकरणले उद्योगमा लाइन पनि जोडिदियो ।

र अहिले विद्युत् प्राधिकरणले २० दिनमा मात्रै महसुल नतिर्ने २१ हजार सर्वसाधारणको घरमा बिजुलीको काटेको छ । जसमा न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिर्न नसक्ने ग्राहक पनि छन् ।

तथ्यांकअनुसार चरम लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् प्रयोग गरेका ५६ उद्योगले पटक–पटक ताकेता गर्दा पनि आठ अर्ब २५ करोड ७५ लाख बक्यौता तिर्न अझै अटेर गरिरहे । र, विद्युत् प्राधिकरणले लाइन काट्दा सरकारसमेत उनीहरूको पक्षमा उभिएको थियो । यो विषय संसद्को लेखा समितिमा विचाराधीन छ  ।

३० रुपैयाँ तिर्न नसक्ने सर्वसाधारणको घरमा पनि नियमअनुसार लाइन काटेको प्राधिकरणले अब अर्बौँ बक्यौता नबुझाउने उद्योगमा चाहिँ लाइन काट्ने कि नकाट्ने भन्दै विद्युत् नियमन आयोगलाई पत्रसमेत लेखेको छ । गत शुक्रबार आयोगमा दर्ता भएको पत्रको जवाफ भने आएको छैन । गत साउनमा ६ उद्योगमा लाइन काटेको प्राधिकरण नियमन आयोगकै लिखित निर्देशनमा बक्यौता नअसुली लाइन जोडिदिन बाध्य भएको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT