गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्राधिकरणले महसुल नतिर्ने सर्वसाधारणको लाइन काट्यो प्राधिकरणले महसुल नतिर्ने सर्वसाधारणको लाइन काट्यो स्वर्णपत्र शुक्रबार, २०८१ असोज ४ गते, १५:०० मा प्रकाशित मुख्यपत्र काठमाडौं । पैसा नतिरेपछि लाइन काटिएका उद्यागमा बिजुली जोड्ने कि नजोड्ने भन्ने विषयमा सरकार र नेपाल विद्युत प्राधिकरणबीच ठूलै रस्साकस्सी भयो । अन्नतः सरकारी निर्देशनमा प्राधिकरणले उद्योगमा लाइन पनि जोडिदियो । र अहिले विद्युत् प्राधिकरणले २० दिनमा मात्रै महसुल नतिर्ने २१ हजार सर्वसाधारणको घरमा बिजुलीको काटेको छ । जसमा न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिर्न नसक्ने ग्राहक पनि छन् । तथ्यांकअनुसार चरम लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् प्रयोग गरेका ५६ उद्योगले पटक–पटक ताकेता गर्दा पनि आठ अर्ब २५ करोड ७५ लाख बक्यौता तिर्न अझै अटेर गरिरहे । र, विद्युत् प्राधिकरणले लाइन काट्दा सरकारसमेत उनीहरूको पक्षमा उभिएको थियो । यो विषय संसद्को लेखा समितिमा विचाराधीन छ । ३० रुपैयाँ तिर्न नसक्ने सर्वसाधारणको घरमा पनि नियमअनुसार लाइन काटेको प्राधिकरणले अब अर्बौँ बक्यौता नबुझाउने उद्योगमा चाहिँ लाइन काट्ने कि नकाट्ने भन्दै विद्युत् नियमन आयोगलाई पत्रसमेत लेखेको छ । गत शुक्रबार आयोगमा दर्ता भएको पत्रको जवाफ भने आएको छैन । गत साउनमा ६ उद्योगमा लाइन काटेको प्राधिकरण नियमन आयोगकै लिखित निर्देशनमा बक्यौता नअसुली लाइन जोडिदिन बाध्य भएको थियो । #नेपाल विद्युत प्राधिकरण तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै… काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो… काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? काठमाडौं । दसैँका लागि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु… अमेरिकाबाट थप ३७ नेपाली निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासन गरेका सबै ३७ जनालाई चार्टर एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २… काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको लोकप्रिय १ आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि २ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ३ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ६ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? ७ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक ८ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड