Techie IT
Sunday, May 11, 2025 | आईतबार, वैशाख २९, २०८२
२०८२ वैशाख २९, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्र६० औँ बाल दिवसका अवसरमा बलेफीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

६० औँ बाल दिवसका अवसरमा बलेफीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


काठमाडौं । बलेफी गाउँपालिका बाल सञ्जालले ६० औं बालदिवसको अवसर पारेर गरेको पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकामा लगानी  सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बलेफी  माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा पालिकाभरका विद्यालयबाट ३० जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा कक्षा ६ र ८ का विद्यार्थीहरू मध्ये बालशिक्षा माध्यमिक विद्यालयकी कक्षा ८ मा अध्ययनरत छात्रा मेरिना तामाङ प्रथम हुन सफल भएकी हुन् ।

विधार्थीको सिकाई क्षमता अभिवृद्धि गर्नको लागि समय समयमा यस्ता गतिविधी गरिरहनुपर्ने बलेफी गाउँपपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले बताइन् । त्यस्तै पालिकाले आगामी वर्षहरुमा विद्यार्थीको क्षमता विकासका लागि लगानी गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालयले वक्तृत्वकला प्रतियोगिताका साथै अन्य हाजिरीजवाफ,बेलुन ब्लाष्ट जस्ता कार्यक्रम पनि गरेको थियो सो कार्यक्रमा १०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भारत–पाकिस्तान द्वन्द्वका कारण अनिश्चित कालका लागि स्थगित भयो आईपीएल

काठमाडाैं । भारत–पाकिस्तान द्वन्द्व चर्किँदा १८ औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले पछिल्लो

आयो प्रिसाको पोष्टमार्टम रिपोर्ट, तर आए मृत्युको कारण

काठमाडौं । भारतको किट कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन । तथ्यजाँचका लागि

झन् खुल्दै बालेनका कर्तुत, महालेखाले खोज्यो नियमविपरीत विदेश भ्रमण गराइएको…

काठमाडौं । एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले भ्रष्टाचार गरेको चर्चा सेलाउन नपाउँदै फेरि अर्को अनियमितताको प्रकरण सार्वजनिक

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण नगर्ने मन्त्री पौडेल चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । सोमबार चितवनमा

केन्द्रीय सदस्यले मागे नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा, साधारण सदस्यबाट समेत…

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा

विशेष जिल्ला कमिटीले गर्यो क्यालेण्डर विमोचन

काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी काठमाडौंले २०८२ सालको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम

Techie IT