गृहपृष्ठ ∕ मुख्यपत्र ∕ धनराज र पूर्वश्रीमतीको फेकफोटो सामाजिक सञ्जलमा भाइरल, के हो वास्तविकता ? धनराज र पूर्वश्रीमतीको फेकफोटो सामाजिक सञ्जलमा भाइरल, के हो वास्तविकता ? स्वर्णपत्र बिहीबार, २०८१ भदौ २७ गते, १३:३६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अहिले सहकारी ठगी प्रकरणमा जोडिएका नेपाली काङ्ग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको पक्ष र विपक्षमा अनेक मत प्रकट भइरहेका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले सहकारीको रकम घोटालामा गुरुङको नाम लिएपछि उनको पक्ष र विपक्षमा मतहरु प्रकट हुन थालेका हुन् । सहकारी अध्यक्ष गुरुङले धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङ व्यवस्थापक रहँदा १२ देखि १४ करोड रुपैयाँसम्म दुरुपयोग भएको र उक्त घटनाबारे कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए । ज्योती चार वर्षदेखि फरार सूचीमा छिन् । धनराजले भने ज्योतीसँग डिभोर्स भइसकेको र सहकारीको रकम अपचलनमा आफू दोषी नरहेको दाबी गर्दै आएका छन् । ठगी प्रकरणमा जोडिएपछि त्यसबाट जोगिन सांसद गुरुङले नक्कली डिभोर्स गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना पनि भइरहेको छ । अहिले उनै सांसद गुरुङ र पूर्वपत्नी ज्योती सँगै छन् र त्यो डिभोर्स नक्कली हो भन्ने देखाउन सामाजिक सञ्जालमा विभिन्न किसिमका पोस्ट आइरहेका छन् । त्यसैको नतिजा हो सांसद धनराज गुरुङ र ‘लभ भावी’को फोटो । सामाजिक सञ्जालमा अहिले सांसद गुरुङ एक युवतीसँग विमानमा चढिरहेको बेला खिचिएको जस्तो देखिने फोटोले बढी चर्चा पाएको छ । तर उक्त फोटो फेक भएको पुष्टि भएको छ । #धनराज र पूर्वश्रीमतीको फेकफोटो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव, ४२ दिनका लागि… काठमाडौं । खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम बिजुली काटेर उद्योग बन्द गराएपछि सरकारलाई चावी बुझाउँदै उद्योगी, उत्पादन… काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि निजी क्षेत्रमा तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६… काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ले देश भुङ्ग्रोमा गएको दुर्गा प्रसाईको दाबी दुर्गा प्रसाईले देशलाई कमजोर बनाउन विदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् । जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ४ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ५ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ६ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ७ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ८ ८०० रुपैयाँले घट्यो सुनको मूल्य