Techie IT
Wednesday, December 17, 2025 | बुधबार, पुस २, २०८२
२०८२ पुस २, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनगदको सट्टा अनलाइन भुक्तानी गर्दा १० प्रतिशत भ्याट रकम फिर्ता हुने

नगदको सट्टा अनलाइन भुक्तानी गर्दा १० प्रतिशत भ्याट रकम फिर्ता हुने


काठमाडौं । होटल रेस्टुरेन्ट, बार, र लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको भ्याट को १० प्रतिशत रकम फिर्ता हुने भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता हुने जनाएको हो ।

विभागले भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची सार्वजनिक गरेको छ । यसरी मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता मदिरा पिउने केन्द्र  बारबाट प्रदान गरिने सेवामा, चमेनागृह र सबै प्रकारका होटेल, मोटेल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा पाइनेछ । यिनमा विद्युतीय माध्यमबाट भुक्तानी गरे नगद प्रोत्साहनस्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएको विभागको भनाइ छ ।

डेबिट र क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था गरिएको हो । ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

Techie IT