Techie IT
Sunday, December 14, 2025 | शनिबार, मंसीर २७, २०८२
२०८२ मंसीर २७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमुना हत्या प्रकरण: डकैती गर्न पेस्तोल लिएर अपार्टमेन्ट पुगेका थिए बबिसिंह

मुना हत्या प्रकरण: डकैती गर्न पेस्तोल लिएर अपार्टमेन्ट पुगेका थिए बबिसिंह


काठमाडौं । अमेरिकामा मृत्यु भएकी नेपाली चेली मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह साहविरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ ।

अमेरिकाको ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको हो ।

बबिलाई हत्या मुद्दामा ३ अक्टोबर र गैरकानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दामा अक्टोबर ५ मा अदालतमा उपस्थित गराइने बताइएको छ ।

सरकारी वकिल कार्यालयको स्टेटमेन्टमा डकैती गर्ने क्रममा अभियुक्तले मुना पाण्डेमाथि गोली चलाएको भनिएको छ । अभियुक्त बबिसिंह शनिबार राति सवा ८ बजे मुना बस्ने अपार्टमेन्टमा पुगेका थिए । पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाएका थिए ।

ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै ती अभियुक्तले कोठा भित्रतर्फ धकेलेको र आफूपनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएको प्रहरी रिपोर्टमा उल्लेख छ ।

सिसीटिभी फुटेजअनुसार त्यतिबेला मुनाको हातमा सपिङ ब्याग, पर्स लगायत केही सामग्रीहरू देखिएको थियो । त्यसको एक घन्टापछि अभियुक्त घरबाहिर निस्किएका थिए ।

२१ वर्षीया मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ पढ्दै थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन

हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल ।

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्।

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

Techie IT