Techie IT
Thursday, December 25, 2025 | बिहीबार, पुस १०, २०८२
२०८२ पुस १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमाले र बालेन फेरि आमने-सामने

एमाले र बालेन फेरि आमने-सामने


काठमाडौं । अहिले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि आमने–सामने भएका छन् । विगतमा पनि अनेक मुद्दामा आपने–सामने भएको एमाले र काठमाडौं महानगरबीच अहिले नदी आसपासको जग्गामा भौतिक संरचना बनाउने विषयले द्वन्द्व चर्किएको हो ।

अहिले नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेले माग गरेको छ । तर बालेनले भने फेरि जनतामा भ्रम छर्न खोजेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्– ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता–कार्यकर्ताहरुले जनतामा माझ भ्रम नछर्नु होला ।’

२०६५ मंसिर १ मा मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती र मनोहरा किनारको २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय गरेकामा सर्वोच्च अदालतले गत पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो । सर्वोच्चको सो फैसला अनुसार काठमाडौं महानगरपालिकाले नगरप्रमुख स्तरीय निर्णय गरी तोकिएको मापदण्ड विपरीत हुने गरी नक्सा पास अनुमति नदिने सूचना जारी गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा आफ्नो पार्टीबाट चुनाव लडाउने हल्लाले बजार तातिरहेका बेला घटनाक्रमले नयाँ मोड लिएको छ ।

भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले

गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

Techie IT