गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश स्वर्णपत्र आईतबार, २०८१ भदौ ९ गते, १२:२२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौं जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यसअघि २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा १ साउनबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । #राष्ट्रिय परिचयपत्र तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन आवश्यक गृहकार्य गरिरहेको छ । बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा लोकप्रिय १ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ४ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ५ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ एमालेको मतदानमा मोबाइल लान बन्देज