Techie IT
Tuesday, October 21, 2025 | मंगलबार, कात्तिक ४, २०८२
२०८२ कात्तिक ४, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअमेरिकामा नेपाली नर्स ममताको मृत्यु कि हत्या ?

अमेरिकामा नेपाली नर्स ममताको मृत्यु कि हत्या ?


काठमाडौं । अमेरिकामा नेपाली नर्स बेपत्ता भएको प्रकरणमा नर्सका श्रीमान पक्राउ परेका छन् । नर्स ममता काफ्लेको हत्या गरेको हुनसक्ने शंकाका आधारमा अमेरिकी प्रहरीले श्रीमान नरेश भट्टलाई पक्राउ गरेको हो ।

२८ वर्षीया काफ्लेको हत्या गरी शव लुकाएको हुनसक्ने अनुमान छ । ममता बेपत्ता भएपछि नरेशले श्रीमतीसँग आफ्नो कुनै झगडा नभएको दाबी गर्दै आएका थिए । तर उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् । कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका भट्टले सन् २०२० मा विवाह गरेका थिए ।

पछिल्लो समय उनीहरुबीच सम्बन्ध राम्रो थिएन । काफ्लेले सम्बन्ध विच्छेदका लागि विभिन्न व्यक्तिहरुसँग परामर्श गरेकोसमेत खुलेको छ । काफ्ले पछिल्लोपटक साउन १६ गते भर्जिनियास्थित मनसास पार्कमा देखिएकी थिइन् । र ममता बेपत्ता भएपछि नि श्रीमान् नरेशले खोजीका लागि कुनै चासो दिएका थिएनन् ।

आफन्त र साथीभाइको पहलमा नै ममता हराएको सूचना प्रहरीसम्म पुगेको थियो । पछिल्लोपटक प्रहरीले गरेको प्रेस ब्रिफिङमा मनसास पार्क पुलिसका प्रमुखले श्रीमान् नरेशले अनुसन्धानमा सहयोग नगरेको भन्दै शंका गरेका थिए । लगत्तै प्रहरीले उनको घरमा छापा मारेको थियो । प्रहरीले थप प्रमाण फेला पारेपछि नरेशलाई पक्राउ गरेको भनेको छ । काफ्लेको अवस्था भने अहिलेसम्म पत्ता लागेको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार…

काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र

देउवानिवासबाट हराएको रहस्यमयी शंख चितवनमा भेटियो, शंख बोकेका विजय लामाको…

काठमाडौं । जेन जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुरको घरबाट हराएको एउटा रहस्यमयी शंख चितवनमा फेला परेको छ । चाँदी जडित

सुदन गुरुङले गरे रवि लामिछानेको प्रशंसा, पुराना नेताले आफू जोगिन…

काठमाडौं । जेन जी अभियन्ता भनिने सुदन गुरुङले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् । रवि लामिछानेले

एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको…

राजावादी अभियन्ता दुर्गा प्रसाईंले एमसीसी सम्झौतापछि नेपालका विभिन्न ठाउँमा ८ वटा न्यूक्लियर मिसाइल जडान गरिएको दाबी गरेका छन् ।

जेन जी आन्दोलन जाँचबुझ आयोगमा दर्जनभन्दा बढी उजुरी, फिल्डमा खटिनेदेखि…

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित

रबि र बालेनसंग कुनै हालतमा सहकार्य नगर्ने हर्क साम्पाङको अडान,…

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आगामी चुनावमा रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौंका मेयर बालेन साहसँग सहकार्य नगर्ने प्रष्ट

Techie IT