Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकको इन्द्रवती बन्यो देशकै दोस्रो उत्कृष्ट गाउँपालिका

सिन्धुपाल्चोकको इन्द्रवती बन्यो देशकै दोस्रो उत्कृष्ट गाउँपालिका


काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिकामध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ‘स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन’मा इन्द्रावती गाउँपालिका दोस्रो हुन सफल भएको हो ।

मुलुक भरका ४६० गाउँपालिकामध्ये इन्द्रावती दोस्रो भएको हो भने ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ५ मा पर्न सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअनुसार संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको बेनीघाट रोराङ गाउँपालिका पहिलो भएको छ । त्यस्तै गुल्मीको रुरुक्षेत्र गाउँपालिका पनि दोस्रो नै भएको छ ।

नगरपालिकातर्फ धादिङको नीलकण्ठ प्रथम, रुपन्देहीको तिलोत्तमा दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT