Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकृष्ण दमाइले भकानिँदै भने: चर्चा कमाएर के गर्नु, बिहान–बेलुका छाक टार्नै मुस्किल छ

कृष्ण दमाइले भकानिँदै भने: चर्चा कमाएर के गर्नु, बिहान–बेलुका छाक टार्नै मुस्किल छ


काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनाभर चलेको बहुविवादित कोटीहोमले धेरै पात्रलाई चर्चामा ल्यायो । नामै नसुनेकाहरु रातारात भइरल भए, प्रख्यात भनिएकाहरु कुख्यात कहलिए । हो, उक्त कोटीहोमले चर्चा चुल्याएको धेरै पात्रमध्येका एक हुन्– कृष्ण दमाइ ।

दलितलाई कोटीहोमको व्यासस्थान दिएको विषयले धेरैको ध्यान खिच्यो । कतिपयले समानताका पक्षमा बाहुनले गरेको क्रान्तिका रुपमा व्याख्या गरे त कतिले हिन्दूधर्मकै बेइज्जत गरेको टिप्पणी गरे ।

यसबारे यत्ति भनौं, ‘दलितभित्र फस्टाएको बाहुनवाद वा बाहुनभित्र मौलाएको दलित चिन्तन’ दुवै खतरनाक छ । तर अहिलेको प्रसङ्ग यो हो कि, बाहुनले चर्चामा ल्याइदिएका कृष्ण दमाइ रुँदै मिडियामा छन् । उनले एउटा युट्युव च्यानललाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘चर्चा कमाएर मात्रै के गर्नु ? मलाई बिहान–बेलुकाकै छाक टार्न मुस्किल छ ।’

अझ भकानिँदै उनी भन्छन्, ‘मैले समाज र धर्मका लागि आफ्नो पीडालाई लुकाएर बसेको छु । मेरोबारे बुझ्ने भए राजधानीमा बसेर होइन, गाउँमा आइदिनुस् । खासमा म अहिले बोल्नै नसक्ने अवस्थामा छु । अस्ति पशुपतिमा पनि भावुक हुन्छु भनेर आफ्नो पीडाको पोको नै खोलिनँ । तर जे जस्तो भए पनि म हिन्दू धर्ममा भएका रुढीवादी परम्परा हटाउने अभियानमा छु ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT