Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमाओवादी फुटाउनै चाहन्छन् जनार्दन, तर छैन ‘ब्याकफोर्स’

माओवादी फुटाउनै चाहन्छन् जनार्दन, तर छैन ‘ब्याकफोर्स’


काठमाडाैं । नेकपा माओवादी केन्द्रभित्र चर्किएको द्वन्द्व विस्फोटउन्मुख छ । खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच बढेको द्वन्द्व सहजै साम्य हुने खालको पनि छैन ।

यतिसम्म कि, द्वन्द्वको उत्कर्षस्वरुप शर्माले पार्टीनै फुटाउने सम्भावना बढेको छ । शर्माको आक्रामक पारा देखेर प्रचण्ड केही खस्किएका पनि छन् । त्यसैले त स्थायी कमिटी बैठकबाट बाहिरिँदै प्रचण्डले भनेका थिए, ‘प्रभाकरले पार्टी फुटाउँछन् भन्ने हल्ला गलत हो ।’

तर, अझै जनार्दन थुमथुमिएका छैनन् । रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको एक कार्यक्रममा जनार्दनले दिएका अभिव्यक्तिबाट प्रष्ट हुन्छ कि, उनी अझै आक्रामक मुद्रामै छन् । जुनकुनै बेला जे पनि निर्णय गर्न सक्छन् ।

खासमा जनार्दनले पार्टी नेतृत्वप्रति उठाएका अधिकांश प्रश्न जायज छन् । धेरै माओवादी नेता तथा कार्यकर्तालाई पनि उनका सवालहरु ठिक लागेका छन् । तर बिडम्बना, शक्तिभक्त कार्यकर्ताहरुले उनलाई साथ दिएका छैनन् ।

यतिसम्म कि, स्थायी कमिटीमा एकजना पनि जनार्दनको पक्षमा देखिएका छैनन् । त्यसैले पार्टी फुटाउन चाहे पनि आफ्नो पक्षमा नेता, कार्यकर्ता नहुँदा जनार्दन माओवादीभित्रै खुम्चुनु परेको छ ।

देव गुरुङलाई महासचिव बनाएदेखिनै चाम्रिएका जनार्दन फेरि फुल्न र फैलन चाहन्छन् । तर, शक्ति सञ्चय नहुँदा उनलाई समस्या परेको छ । तर अझै पनि दुई प्रभावशाली नेताबाट पार्टीमा आन्तरिक दबाब झेलेका अध्यक्ष प्रचण्ड भने जसरी पनि गणितमा टिकिरहने ध्याउन्नमा छन् ।

किनकि, यसअघि पनि जनार्दन र वर्षमानबीच प्रचण्डले खेल्दै आएका थिए । अहिले जनार्दन र वर्षमान नजिकिएपछि प्रचण्डले पार्टी एकताको अर्को कार्ड फ्याँकेका छन् । विप्लवको नेकपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर बलियो हुने ध्यानमा रहेका प्रचण्डले अझै जनार्दनलाई फकाउने प्रयास भने गरिररहनेनै छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT