Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रयी हुन् गृहमन्त्री लामिछानेका तीन ‘ब्याकफायर’

यी हुन् गृहमन्त्री लामिछानेका तीन ‘ब्याकफायर’


काठमाडौं । गृहमन्त्री रवि लामिछानेले तीन महिनामा तीनवट फायर खोले । तर दुर्भाग्य– उनका तीन फायर आत्मघाती बन्न पुगे ।

के–के न गर्लान् भन्ठानेका रविले गृहमन्त्री हुनेबित्तिकै सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध फायर खोले । अर्थात् सुन तस्करी छानबिन आयोगले दिएको प्रतिवेदनअनुसार महरालाई उनले पक्रन लगाए । भारत भारत भाग्न लागेका महरालाई चैत ५ गते प्रहरीले ५ कपिलवस्तुबाट पक्राउ गर्यो ।

महरा पक्राउ पर्नुलाई कतिपयले ‘गृहमन्त्रीको टेलर’ मात्रै भएको र मूल फिल्म खतरनाक हुने आकलन गरेका थिए । तर परिणाम उल्टो आइदियो– गृहमन्त्री लामिछानेले दबाब थेग्न सकेनन् वा के भयो– गिरफ्तारीलगत्तै अस्पताल भर्ना भएका महरा ४ दिनपछि हाजिर जमानीमा छुटे ।

त्यसैताका गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा हिनामिना प्रकरणमा उद्योगी एवं कांग्रेस सांसद विनोद चौधरीविरुद्ध फायर खोले । अर्थात् जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीसँग बयान लियो र क्लिन चिट दियो । चौधरीलाई बयान लिएर ‘वाहीवाही’ पाएका गृहमन्त्रीले उल्टै क्लिनचिट दिएको बुझेपछि आमनागरिकमा निराशा बढेको छ ।

त्यस्तै उनले खालेको तेस्रो र सबैभन्दा हानिकारक फायर हो– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्धको । धनुषाका एक स्थानीयसँगै नागरिकता नम्बर मिलेको अभियोगमा पक्राउ परेका सिरोहिया पनि कसुर प्रमाणित नभएपछि हाजिरी जमानीमा छुटे । विगतमा आफ्नो दोहोरो नागरिकताबारे लगातार समाचार लेखेको र पछिल्लो समय सहकारी घोटलाबारे निरन्तर फलोअप गरिरहेका कारण गृहमन्त्री लामिछानेले सिरोहियालाई निसानामा पारेका थिए । तर, उल्टै सिरोहिया निर्दोष प्रमाणित भएपछि रविविरुद्ध ‘ब्याकफायर’ भएको छ ।

स्मरणीय छ कि, रविले नागरिकतामा बेइमानी गरेको प्रमाणित भएपछि फेरि नागरिकता बनाएका थिए र पक्राउ गर्नुअघि सिरोहिया नेपाली नै नभएको, फरक–फरक नागरिकता भएको, नागरिकतामा हस्ताक्षर र मिति नै नभएकोजस्ता हल्ला चलाइएको थियो । जसलाई धेरैले पत्याएका थिए ।

यसरी उच्च आश गरेका गृहमन्त्री लामिछानेले प्रतिशोध र आवेगका कारण फितला कदम चाल्दा नागरिकमा निराशा बढेको छ । विगतमा ठूल्ठूला भ्रष्टाचारका फाइल खोलेर देशमा सुशासनको बहार ल्याउने उद्घोष गरेका गृहमन्त्री लामिछानेका पछिल्ला गतिविधि पट्यारलाग्दा छन् । रै त पनि मान्छेहरु अझै उनीसँग आश गर्न अभिषप्त छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT