Techie IT
Monday, December 15, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित

सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित


काठमाडौं । बुटवलको सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित भएका छन् । सहकारीमा डुबेको बचत फिर्ताको सुनिश्चितता नभएको र बचत अपचलन गर्नेहरूमाथि सरकारले अनुसन्धान नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बचतकर्ताको रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न र व्यक्तिगत रूपमा रकम लग्ने रवि लामिछानेको कारोबारमाथि छानबिन गर्न माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताका लागि हारगुहार गरेको एक वर्ष पुग्दा पनि सरकारबाट कुनै पहल नभएपछि फेरि आन्दोलन सुरु गर्नुपरेको सुप्रिम सहकारीपीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताएका छन् ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताबाट संकलन भएको १ अर्ब ३१ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सचिव कुमार रम्तेल, भूपेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कसहित २८ जनाले बचत अपचलन गरेको देखिएको छ ।

रास्वपाका सभापति एवं तत्कालीन गोर्खा मिडिया नेटवर्कका कार्यकारी निर्देशक रवि लामिछानेले पनि सुप्रिम सहकारीबाट बैंकमार्फत रकम ट्रान्सफर गराएर २ करोड लगेको अनुसन्धानले देखाएको छ । तर, प्रहरीले लामिछानेलाई प्रतिवादी बनाएको छैन । त्यही प्रतिवेदनका आधारमा जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर कारबाहीको मागसहितको मुद्दा अदालत पेस भइसकेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

Techie IT