Techie IT
Thursday, June 26, 2025 | बिहीबार, असार १२, २०८२
२०८२ असार १२, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमाधव नेपालको महत्वकांक्षाले नेकपा एसमा तनाव

माधव नेपालको महत्वकांक्षाले नेकपा एसमा तनाव


काठमाडाैं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै माधव नेपालले एमाले फोरेर नयाँ पार्टी बनाए– नेकपा एस । त्यतिबेला पार्टी फोड्नुको निहुँ संसद विघटन भए पनि कारण थियो– एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँगको इगो ।

माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि गर्न त सकेनन् नै ! अहिले पार्टी जोगाउनसमेत उनलाई हम्मेहम्मे परेको छ ।

‘विश्व कम्युनिस्ट आन्दोलन जोगाउन’ भन्दै एमाले फोरेका नेपाल अस्तित्वकै संकटमा पुग्नु दुर्भाग्यपूर्ण छ । खासगरी– जसरी पनि प्रधानमन्त्री हुने एकमात्र उद्देश्य बोकेका नेपाल अहिले अत्यन्तै छटपटी र बेचैनीमा छन् । र यसैकारण पार्टीमा दुईधार बनेको छ । माधव नेपालको अतिसत्तामोहका कारण नेताहरुमात्र होइन, सांसदहरु नै विभाजित हुन थालेका छन् भने मन्त्री नपाएको झोँकमा रहेका केही सांसदहरु पार्टी विभाजनको तयारीमा जुटिसकेका छन् ।

पार्टी विभाजन रोक्ने उपायको खोजीमा रहेका माधव नेपाल अहिलेको सत्ता गठबन्धनसँग केन्द्रमा सँगै बस्ने र प्रदेश सरकार हेरफेरमा कांग्रेससँग पनि मिल्ने रणनीतिमा छन् । र यसकै लागि उनले कांग्रेससँग हिमचिम बढाएका छन् । तर पार्टीका सम्मानित नेता झलनाथ खनाल भने नेपालको उक्त गतिविधिप्रति सन्तुष्ट छैनन् ।

अध्यक्ष नेपाल गठबन्धनको विकल्प खोज्ने तर अर्का नेता गठबन्धन बलियो बनाउने कसरतमा लागेपछि पार्टीभित्र विवाद चुलिएको हो । स्रोतका अनुसार अहिलेको गठबन्धनको विकल्पमा जानका लागि उपाध्यक्ष प्रमेश हमाल र राजेन्द्र पाण्डेबाहेक अधिकांश पदाधिकारी असहमत छन् ।

कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने बाटोमा रहेका माधव नेपालले एमाले र माओवादी केन्द्रलाई सत्ताबाहिर राखेर जानुपर्ने पक्षमा हिसाबकिताब गरिरहेका छन् । जनता समाजवादी पार्टीको विभाजनको टुंगो अदालतबाट लागेपछि अन्तिम हिसाबकिताब गर्ने उनको तयारी छ ।

गैरकम्युनिष्ट धारको सरकार बनाउने तर त्यसमा माधव नेपाल चाहिँ अटाउने गरी गठबन्धन बनाउन कांग्रेस सहमत भइसकेको बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई…

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा

काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण

Techie IT