Techie IT
Sunday, June 1, 2025 | आईतबार, जेठ २०, २०८२
२०८२ जेठ २०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रके हो धरानमा चर्किएको खानेपानी महसुल विवादको जड ?

के हो धरानमा चर्किएको खानेपानी महसुल विवादको जड ?


काठमाडौं । पछिल्लो समय धरानमा खानेपानी महसुलको विषयमा बढेको विवादले उग्ररुप लिँदै गएको छ । कुनैबेला जनश्रमदानबाट धरानमा पानी ल्याएको भनेर ‘हाइहाइ’ भएका धरानका मेयर हर्क साम्पाङसमेत अहिले खानेपानी महसुल विवादकै कारण निकै आलोचित भइरहेका छन् ।

यतिसम्म कि, खानेपानीको मुद्दाकै कारण चुनाव जितेका र लोकप्रिय भएका मेयर साम्पाङविरुद्ध अहिले धरानबासी नै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका क्रममा हिजो धरान दिनभर अशान्त रह्यो । प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भयो । एक प्रहरीसहित तीनजना घाइते भए ।

यसरी उग्र आन्दोलन भइरहेको धरानको खानेपानी महसुल विवादको चुरो के हो त ? धेरैको चासो विषय छ ।

खासमा धरानमा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको परामर्श बमोमिज खानेपानी व्यवस्थापन बोर्डले मूल्य निर्धारण नगरेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरुले खानेपानीको पुरानै महसुल दर कायम नभएसम्म आन्दोलन गरिरहने बताउँदै आएका छन् । हुन पनि धरानमा अत्याधिक मात्रामा खानेपानी महसुल बढाइएको छ । यहाँ नयाँ धारा जडान गनर्कका लागि खानेपानी बोर्डले ५ हजार रुपैयाँ बढाएको छ ।

अर्थात् पहिला १५ हजार रुपैयाँ लाग्ने ठाउँमा अहिले २० हजार र २० रुपैयाँ लाग्ने ठाउँमा २५ हजार रुपैयाँ पुर्याइएको छ । त्यस्तै यसअघि १० हजार रुपैयाँ तिर्नुपर्ने ठाउँमा ५० हजार रुपैयाँसम्म पुर्याइएको छ । यसरी मनलाग्दी महसुल बढाएपछि स्थानीय आन्दोलित भएका हुन् । मेयर साम्पाङले भने ऋणभार बढेकाले खानेपानीको शुल्क बढाउनु आफूहरुको बाध्यता भएको बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अझै चुरीफुरी गरिरहे पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने प्रचण्डको चेतावनी

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र साहलाई धेरै चुरिफुरी नगर्न चेतावनी दिएका छन् । उनले धेरै चुरिफुरी गरे जेल

बजेट विश्लेषण: अहिलेसम्मकै उत्कृष्ट, तर कार्यान्वयनमा चुनौतीका चाङ

केही विपक्षी दलले विरोध गर्नैपर्ने धर्म निर्बाह गर्नेबाहेक कसैले पनि बजेटको आलोचना गरेका छैनन् ।

गणतन्त्र दिवसमा आरआर क्याम्पसको कर्मचारी संघले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई समितिले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गणतन्त्र दिवसको

गणतन्त्र नढालेसम्म आन्दोलन नरोक्ने राजेन्द्र लिङ्देनको उद्घोष, राजतन्त्र फर्कनेमा ढुक्क

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र नढालेसम्म आफूहरुको आन्दोलन नरोकिने उद्घोष गरेका छन् । उनले बिहीबारको आन्दोलन कास्टिङ मात्रै

आयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका

बिहीबार सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी

हर्क साम्पाङ पनि लागे मिसन ८४ मा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार सामाजिक

Techie IT