Techie IT
Tuesday, October 28, 2025 | मंगलबार, कात्तिक ११, २०८२
२०८२ कात्तिक ११, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि विधान संशोधन गर्दै रास्वपा

फेरि विधान संशोधन गर्दै रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनका लागि सुझाव मागेको छ ।

रास्वपाले विधानको व्यवस्था हेरफेर र भाषागत त्रुटि हटाउन पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ नै गठन गरेको छ । कार्यदलमा केन्द्रीय समितिका डा. तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन् ।

पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ । विधान संशोधनलाई सहभागितामूलक बनाउन देश–विदेशमा रहेका पार्टी समर्थक र शुभेच्छुकहरूलाई पनि सुझाव दिन आह्वान गरिएको रास्वपाले बताएको छ ।

रास्वपाले स्थापनाको दुई वर्षमा तेस्रो पटक विधान संशोधन गर्न लागेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

केपी ओलीको पासपोर्ट रोक्काविरुद्ध पनि पर्यो सर्वोच्चमा रिट, छिट्टै सुनुवाइ…

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

१० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका

उद्योगमा बिजुलीको लाइन काटिँदा राज्यलाई अर्बौं घाटा, तर केही करोड…

काठमाडौं । उद्योगहरुमा बिजुलीको लाइन काटिँदा राज्यलाई दैनिक ६ करोड रुपैयाँ घाटा भएको तथ्यांक छ । यससँगै हज्जारौं नागरिक बेरोजगार

संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल

संसद विघटनविरुद्ध परेका रिटउपर बुधबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । र, पछिल्ला राजनीतिक घटनाक्रम र विगतका नजिरका

सर्वोच्च अदालतले पनि जेन जी आन्दोलनमा भएको आगजनी र लुटपाटविरुद्ध…

काठमाडौं । सर्वोच्च अदालतले जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । सर्वोच्चले दुई दिनभित्रै

गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले तत्कालीन

Techie IT