Techie IT
Sunday, July 12, 2026 | आईतबार, असार २८, २०८३
२०८३ असार २८, आईतबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्ररेविज : के हो ? के होइन ?

रेविज : के हो ? के होइन ?


कुकुरले जब आफूलाई असुरक्षित र त्रसित महसुस गर्छ त्यतिबेला टोक्ने कुरा सामान्य हो। यो कुकुरहरूको प्राकृतिक बानी नै हो। तर रेबिज लागेको कुकुरहरूले कुनै पनि व्यक्तिलाई विना कारण पनि टोक्छन्। आक्रामक र मुखमा फिंज हुँदैमा रेबिज नै हो भन्ने कुरा पनि सत्य होइन। धेरैजसो रेबिज संक्रमित जनावरहरू आक्रामक हुने भए तापनि यसको विपरित केही जनावरहरू सुरुमा धेरै निष्क्रिय देखिन सक्छन्। ज्वरो र थकान जस्ता लक्षणहरू जनावर वा मानिसमा रेबिज भएको प्रारम्भिक संकेत हो। एक संक्रमित जनावरलाई उभिरहन गाह्रो हुन सक्छ साथै छारेरोग र पक्षघातबाट ग्रस्त हुन सक्छ।

रेबिज लागेको कुकुर वा अन्य जनावरको टोकाइबाट मात्र नभई शंकास्पद जनावरको र्‍याल शरीरको विभिन्न झिल्ली वा घाउको सम्पर्कमा आएमा समेत रेबिज रोग सर्ने संभावना हुन्छ।

मुसा र खरायोबाट मानिसमा रेबिज रोग विरलै हुन्छ। तसर्थ घरायसी खरायो र मुसाले टोकेमा टोकाइपश्चात् दिइने रेबिज विरुद्धको खोप आवश्यक पर्दैन। तर जंगली खरायो, मुसा वा मुसा प्रजातिका जनावरले टोकेमा सरुवा रोग विशेषज्ञको सल्लाहमा खोप लगाउन उपयुक्त हुन्छ।

रेबिजको रोकथाम सम्भव छ। रेबिज रोग ​​फैलन नदिन मानिस र जनावर दुवैका लागि खोपहरू उपलब्ध छन्। यदि तपाईंलाई रेबिज भएको शंका लागेको जनावरले टोकेको छ भने घाउलाई तुरुन्तै १०–१५ मिनेटसम्म साबुनपानीले राम्ररी सफा गरी टोकेको २४ घण्टाभित्र खोप लगाउनुपर्छ। तर रोगको लक्षण देखिसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन।

खोपको गुणस्तर, लगाएको समय, तरिका र कुकुरको शारीरिक अवस्था उपयुक्त नभएमा खोप लगाए पनि कुकुरमा रेबिज रोग देखिन सक्छ। त्यसैले कुकुरलाई रेबिज विरुद्धको खोप लगाइए पनि परामर्शको लागि चिकित्सककोमा जानुपर्छ। चिकित्सकले टोकेको घाउको मूल्याङ्कन गरेर पोस्ट एक्सपोजर भ्याक्सिन आवश्यक छ कि छैन भनेर निर्क्योल गर्दछन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT