गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सांसद सोवितालाई माफी माग्न चौतर्फी दबाब, के गर्लिन् उनी ? सांसद सोवितालाई माफी माग्न चौतर्फी दबाब, के गर्लिन् उनी ? स्वर्णपत्र बुधबार, २०८१ साउन २३ गते, ११:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम फेरि विवादमा तानिएकी छिन् । केही दिनअघि संसदमा बोल्दा ‘केटाहरुले जिस्क्याएको’ भनेर चर्चा बटुलेकी सांसद गौतम विवादमा तानिएकी हुन् । आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको विकासबारे अध्ययन गर्न जाँदा गाँजासहित विभिन्न नसामा लठ्ठिएका केटाहरुले दुव्र्यवहार गरेको भन्दै उनले संसदमा कड्किएर आवाज उठाएकी थिइन् । उनले आफूमाथि दुव्र्यवहार गर्ने केटाहरुमाथि कारबाही हुनुपर्ने मागसमेत राखेकी थिइन् । संसदमै सांसद गौतमले आक्रोशित शैलीमा कारबाहीको माग गरेपछि धेरैलाई उक्त घटनाबारे चासो भयो । त्यसपछि सांसद गौतमलाई जिस्क्याएको भनिएको भिडिओ सार्वजकि भयो । भिडिओमा स्थानीय युवाहरुले सांसद गौतमलाई जिस्क्याएको देखिएन । बरु युवाहरुले प्रश्न सोध्दा सांसद गौतम स्वयम् अनावश्यकरुपमा आक्रोशित भएको देखियो । त्यसपछि उनी विवादमा तानिएकी छिन् । यससँगै केटाहरुले जिस्क्याएको भनेर नागरिकको सेन्टिमेन्ट क्याच गर्ने उनको तरिका फ्लप मात्रै मात्रै भएन, उनीमाथि प्रश्न उठ्यो– के रास्वपाका नेताहरुलाई प्रश्न गर्ने नपाइने हो ? विगतमा पुराना नेतालाई सरापेरै राजनीतिमा चम्किएका उनीहरु कुन मनोदशाबाट ग्रस्त छन् ? #सांसद सोविता गौतम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ पोखराबाट दुर्गा प्रसाईं पक्राउ २ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ६ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ७ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ८ जनताको जीवनभन्दा जमिन ठूलो हो ?