Techie IT
Wednesday, June 10, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रके साँच्चै पक्राउ पर्दैछिन् आरजु ? (भिडिओसहित)

के साँच्चै पक्राउ पर्दैछिन् आरजु ? (भिडिओसहित)


पछिल्लो समय घाइरो–घुइरो चर्चा चल्न थालेको छ कि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पक्राउ पर्दैछिन् । नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेसँगै आरजुको चर्चाले फेरि बजार पाएको हो ।

विगतमा नक्कनी भुटानी शरणार्थी प्रकरणदेखि अनेक भ्रष्टाचार काण्डमा मुछिएकी देउवापत्नी राणाको नाम पछिल्लो समय टीकापुर जग्गा हिनामिनामा जोडिएको छ । नेपाली कांग्रेस र गृहमन्त्री रवि लामिछानेबीच बढेको द्वन्द्वले पनि आरजु पक्राउको हल्लालाई मलजल गरेको हो । तर के साँच्चै पक्राउ पर्दैछिन् आरजु ? धेरैको चासोको विषय बनेको छ ।

आफ्ना गतिविधिका कारण नागरिकमा निरासा बढेको बुझेका गृहमन्त्री लामिछानेले देखाउनकै लागि भए पनि ‘केही न केही गर्ने’ रणनीति बनाएका छन् । संसदमा बोल्न नपाएकै कारण केही काम गर्न नपाएको भनेर नागरिकको दिमाग डाइभर्ट गर्न पनि उनी सफलै छन् ।

ठूलाठूला काण्डका कुरा गरेर सरकारमा पुगेका लामिछानेले केही दिनअघि प्रतिशोध साँध्नकै लागि भए पनि नागरिकता कसुरमा कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गराए । जुन विषयले धेरैको ध्यान खिच्यो । र, केही काम नगरेको आरोपलाई खण्डन गराउनकै लागि भए पनि गृहमन्त्री लामिछानेले टीकापुर जग्गा हिनामिना प्रकरणमा कांग्रेस सभापति देउवापत्नी आरजुलाई बयानका लागि बोलाउने तयारी गरेका छन् ।

आरजुलाई बयानका लागि बोलाएपछि गृहमन्त्रीको फेरि हाइहाइ हुने अनुमान छ । नागरिकले प्रत्याभूत गर्ने कुनै दूरगामी काम गर्नु वा ठूला–ठूला भ्रष्टाचारका फाइल खोलेर कारबाही अघि बढाउनुभन्दा पनि जे गर्दा नागरिक सेन्टिमेन्ट डाइभर्ट हुन्छ, त्यहीं गर्ने रणनीतिमा छन्, गृहमन्त्री । त्यहीं रणनीतिअनुसार देउवापत्नी आरजुलाई बयानका लागि बोलाइने सम्भाबना प्रबल ।

हुनतः भ्रष्ट छविकी नेतृ हुन्– आरजु । अनेक काण्डमा मुछिएकी उनलाई अहिले भने टीकापुर जग्गा प्रकरणमा बयान लिन खोजिएको छ । यहीं सुँइको पाएपछि केही दिनअघि आरजुले २०५३ सालमा ५० हजार रुपैयाँमा उक्त विवादित जग्गा किनेको बताएकी थिइन् ।
के हो टीकापुर जग्गा प्रकरण ?

कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झन्डै ६०० कट्ठा सरकारी जग्गा वितरण गरिएको छ । टीकापुर विकास समितिका पदाधिकारीले मनपरी ढंगले जग्गा वितरण गरेको विषय अहिले विशेष अदालतमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा अनियमितता प्रकरणमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजातहरू खडा गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगर विकास समितिका पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा लाग्नेमा १४ जना टीकापुर नगर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी हुन् । ११० जना जग्गाधनी हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT