Techie IT
Friday, December 12, 2025 | शुक्रबार, मंसीर २६, २०८२
२०८२ मंसीर २६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रेमिकासँग खटपट भएपछि बहिनीकी छोरीको अपहरण !

प्रेमिकासँग खटपट भएपछि बहिनीकी छोरीको अपहरण !


काठमाडौं । तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, सुनसरीमा एक पुरुषले प्रेमिकासँगको सम्बन्धमा खटपट आएपछि प्रेमिकाकी बहिनीकी छोरीको अपहरण गरेको खुलेको छ । सुनसरीको दुहवी नगरपालिका–६ का ५० वर्षे सञ्जय पासवानले एक युवतीसँगको प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमिकाकी बहिनीकी ६ वर्षीया छोरीलाई अपहरण गरेको खुलेको हो ।

‍बालिका अपहरण गरेको आरोपमा प्रहरीले सञ्जयसहित उनका दुईजना सहयोगीलाई पक्राउ गरेको छ । अपहरण आरोपमा प्रहरीले सञ्जयसहित कलानन्द पासवान र सरिता पासवानलाई पक्राउ गरेको हो ।

अपहरणमा परेकी बालिका र सञ्जय आफन्त पर्दछन् । दुहवी नगरपालिका–१० डुम्राहाबाट मंगलबार दिउँसो ३ बजे आफ्नै मामाघरको आँगनमा खेलिरहेको अवस्थामा सञ्जयले बालिकालाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

घरबाट अपहरण गरेर सञ्जयले बालिकालाई विराटनगर–१० मानव सेवा आश्रम अगाडि डेरामा लगेर राखेका थिए । प्रहरीले सोही डेराबाट बन्धक बनाएर राखिएको अवस्थामा बालिकालाई उद्धार गरेको हो ।

बालिकाकी ठूलीआमासँग सञ्जयको प्रेम सम्बन्ध भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूबीच खटपट भएपछि ती युवती सञ्जयसँग सम्पर्कविहीन भएर विदेश जाने भन्दै काठमाडौं गएकी थिइन् ।

पक्राउ परेका सञ्जय विवाहित हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्।

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

Techie IT