Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रडिभोर्स मात्रै होइन, विवाह पनि किन गर्नु पर्यो र ?! (भिडिओसहित)

डिभोर्स मात्रै होइन, विवाह पनि किन गर्नु पर्यो र ?! (भिडिओसहित)

के सम्बन्धविच्छेद गर्नु पाप हो ?


नगर्नु विहे गरिसकेपछि सम्बन्धविच्छेद गर्नै हुँदैन । किनकि, सम्बन्धविच्छेद गर्नु भनेको ‘पाप’ हो’, यो भनाइ हो– विवादित कथावाचक देवी प्रतिभाको । उनी अझ भन्छिन्– श्रीमान जस्तो भए पनि श्रीमतीले स्वीकार्न सक्नुपर्छ, बरु जिन्दगीभर पीडा नै सहनुपर्छ तर डिभोर्स गर्नु हुँदैन । किनभने, शास्त्रमा डिभोर्स भन्ने शब्द नै छैन । अर्थात् शास्त्रमै नभएको काम गर्यो ‘पाप’ लाग्छ ।

यहीं भनाइका कारण उनी अत्यधिक विवादमा तानिइन् । ‘पुरुषले जति पीडा दिए पनि महिलाले सहनुपर्छ’ भन्ने उनको भनाइविरुद्ध केही महिलावादी र प्रगतिशीलहरु कडा प्रतिवादमा उत्रिए । अर्काखाले महिला, जो पुरुषले दिएको पीडालाई नियति ठानेर स्वीकार्न बाध्य छन्, उनीहरुलाई देवी प्रतिभाको कुरा एकदम ठिक लाग्यो । लाग्यो– समाज भँडुवाहरुले मात्रै हो डिभोर्सको कुरा गर्ने ! हामीले किन पीडा सहन नपाउने ?

र जो धार्मिक हुनुमा गर्व गर्छन्, उनीहरुले ‘डिभोर्स पक्षधर’लाई डलरवादीको संज्ञा दिएर सरापिरहेका छन् । खासमा सम्बन्धविच्छेद र धर्मको कुनै सम्बन्ध छैन, हुँदैन । तर यसले के बुझाउँछ भने, धर्मको आवरणमा पितृसत्तालाई कसरी संस्थागत गर्न खोजिँदैछ ? मान्छेको आस्थामाथि खेलेर कसरी विभेदलाई मलजल गरिँदैछ ? जबकि, महिलाविरोधी मान्यतालाई महिलाले नै फलाकेर महिलालाई नै पत्याउन बाध्य पारिन्छ । यहाँ देवी प्रतिभा वा अरु कोही त मुखडा मात्रै हुन् । किनकि, डिभोर्स नै गरेकी राधिका दासीले पनि सँस्कृतको उल्था गर्दा भन्दिहुन्– डिभोर्स गर्नु भनेको पाप हो । त्यसैले यहाँ ‘कसले के भन्यो’ होइन, नियोजितरुपमा कसरी महिलामाथिको विभेदलाई सैद्धान्तिकीकरण गरिन्छ भन्ने कुरा प्रधान हो ।

डिभोर्स मात्रै होइन, यहाँ विवाहकै परिकल्पना पनि खराब नियतका साथ गरिएको छ । जसको परिणामस्वरुप– सहयात्रा, सहजीवन, सुख र खुसीका लागि हुनुपर्ने विवाहकै कारण अधिकांश मान्छे दुखी छन् । विवाहकै कारण मान्छेको स्वतन्त्रता बन्धक भएको छ । हरचाहनासँगै हरखुसी लुटिएको छ । त्यसैले त पछिल्लो समय डिभोर्सको घटना पनि बढ्दो छ । यसले पनि संकेत गर्छ कि मान्छेहरू बन्धन रुचाउँदैनन् । स्वतन्त्रता चाहन्छन् । समानता चाहन्छन् । सिन्दुरले जोड्ने र कागजले छुटाउने सम्बन्धभन्दा माथि उठ्न खोजिरहेछन् मानिसहरु ।

सायद, मानव सभ्यताको सुरुवातताका विवाह संस्कार थिएन । मान्छेहरू स्वतन्त्र थिए । क्रमशः भूगोलैपिच्छे फरक–फरक तरिकाले विवाह गर्ने चलन बनाइयो । जसरी गरे पनि विवाहलाई बन्धनकै रूपमा लिइयो । खासगरी नेपाल र भारतमा विवाहलाई हेर्ने तरिका र सोच्ने शैली बढी भ्रष्ट छ । धर्मको हवला दिएर पुरुषले नारीमाथि निरन्तर दमन गर्न पाउने गरी विवाह पद्दति, संस्कार र सोचको निर्माण गरिएको छ । महिलालाई पुरुषको जिम्मा लगाउने, महिला पुरुषको दास हुनुपर्ने, पुरुषको खुसीका लागि महिलाले आफ्नो खुसी र चाहना तिलान्जली दिनुपर्ने गरी विवाह परम्पराको निर्माण गरिएको छ । त्यसकै परिणाम हो– देवी प्रतिभाले दिएको उक्त अभिव्यक्ति !

यहाँ अझै कोही भक्त वा दास हुन पाउनुपर्छ र भ्रममा बाँच्न पाउनुपर्छ भनेर चर्को स्वरमा चिच्चयाइरहेका छन् । अझ भनौं, यहाँ त्यसरी चिच्याउनेहरुकै जमात ठूलो छ । तर, आस्थाको आवरणमा हुने कुनै पनि विभेद स्वीकार्य हुनै सक्दैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT