Techie IT
Monday, July 20, 2026 | सोमबार, साउन ४, २०८३
२०८३ साउन ४, सोमबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रराहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ स्थगित भएको छ ।

युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटको आज सुनुवाइको लागि पेसी तोकिएको थियो । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए । २०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।

त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु गलत भएको पौडेलको भनाई छ ।

महान्यायाधिवक्ताले रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् । राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको अपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

Techie IT