Techie IT
Thursday, June 11, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रमनिषा घोरासैनीको पहिलो तीज कोसेली ‘हेर बरै’ सार्वजनिक (भिडियोसहित)

मनिषा घोरासैनीको पहिलो तीज कोसेली ‘हेर बरै’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । पछिल्लो समय संगीत क्षेत्रमा विभिन्न किसिमका तरङ्गहरु पैदा भइरहेका छन । बजारमा आइरहेका केही गीतले संगीतप्रेमी दर्शक चिन्तित छन भने केही संगीतले उत्साहित छन् । यस्तै दर्शकलाई उत्साहित बनाउने एउटा संगित कोसेली ‘हेर बरै’ नवराज घोरासैनी युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

सिन्धुपाल्चोककी मनिषा घोरासैनी र आशा लामाको आवाजमा तयार भएको उक्त गीत हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । नवराज घोरासैनीको लय साथै रेसम सापकोटाको शब्दद्वारा निर्माण भएको गीतको भिडियो सामग्रीमा मनिषा घोरासैनी, महेश उपाध्याय, जेनी क्विन, सोनिका, सपना, सुष्मा,  विष्णु, सुजी,  गुरुप्रसाद आचार्य,  अम्बिका ढुंगाना, सीता घिमिरे, कल्पना राउत,  मिना बनार, उर्मिला भण्डारी, सिर्जना राउत,  पूजा राउत,  सीता घिमिरे नेपाल, राधा दाहाल, लक्ष्मी दाहाल, मिना चौलागाईं लगायतका कलाकारहरुको अभिनय रहेको छ भने भिडियोलाई मिलन श्रेष्ठले निर्देशन छन ।

वर्तमान समयमा समाजमा रहेका पारिवारिक कथावस्तुमा आधारित भएर तयार गरिएको यो गीत मनिषाको पहिलो तीज गित हो । सानै उमेरबाट लोकसंगीत क्षेत्रमा योगदान पुर्याउँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल मनिषाले ‘हेर बरै’ गीतमार्फत पनि दर्शकको अपार माया पाएकी छिन ।

‘मेरो स्वरमा यो तीजको पहिलो कोसेली हो  । आफूले गर्नसक्ने मेहनतका साथ तयार पारिएको गीत र गीतको भिडियोलाई धेरै दर्शकहरुमार्फत सकारात्मक प्रतिक्रिया पाइरहँदा बेग्लै अनुभुति प्राप्त भएको छ’, उनले भनिन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT