Techie IT
Monday, June 15, 2026 | सोमबार, असार १, २०८३
२०८३ असार १, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रप्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रै माया फिदा लाग्छ’ सार्वजनिक (भिडिओसहित)

प्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रै माया फिदा लाग्छ’ सार्वजनिक (भिडिओसहित)


काठमाडौं। गायक प्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रै माया फिदा लाग्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शनिबार रियल पिक्चर इन्टरटेन्मेण्टको आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार तथा संगीतकार आदर्श पोखरेलको शब्द, संगीत रहेको यस गीतलाई चर्चित संगीतकार तथा एरेन्जर अर्जुन पोखरलले गरेका हुन् ।

भिडियोको मूख्य भूमिकामा अरिद थापा र सरिता दानाकुटीले अभिनय गरेका छन् । साथै डा. परिवर्तन बराल, जमुना पौडेल बराल र सन्तोष बसौलालाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई निर्देशक राम बास्तोलाले निर्देशन गरेका हुन् भने सह–निर्देशनमा उज्जवलराज ढकालले साथ दिएका छन् । एकोहोरो प्रेम सम्बन्धलाई उतार्न खोजिएको यस भिडियोको कथा सहिल गायकले लेखेका हुन् ।

भिडियोलाई दिपेश केसीले खिचेका हुन् भने मेकअप तथा श्रृङ्गार विनिता गुरुङले गरेकी हुन् । गीतको प्रोजेक्ट हेडका रुपमा सोम गुरुङ रहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT