Techie IT
Sunday, December 14, 2025 | शनिबार, मंसीर २७, २०८२
२०८२ मंसीर २७, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रप्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रै माया फिदा लाग्छ’ सार्वजनिक (भिडिओसहित)

प्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रै माया फिदा लाग्छ’ सार्वजनिक (भिडिओसहित)


काठमाडौं। गायक प्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रै माया फिदा लाग्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शनिबार रियल पिक्चर इन्टरटेन्मेण्टको आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार तथा संगीतकार आदर्श पोखरेलको शब्द, संगीत रहेको यस गीतलाई चर्चित संगीतकार तथा एरेन्जर अर्जुन पोखरलले गरेका हुन् ।

भिडियोको मूख्य भूमिकामा अरिद थापा र सरिता दानाकुटीले अभिनय गरेका छन् । साथै डा. परिवर्तन बराल, जमुना पौडेल बराल र सन्तोष बसौलालाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई निर्देशक राम बास्तोलाले निर्देशन गरेका हुन् भने सह–निर्देशनमा उज्जवलराज ढकालले साथ दिएका छन् । एकोहोरो प्रेम सम्बन्धलाई उतार्न खोजिएको यस भिडियोको कथा सहिल गायकले लेखेका हुन् ।

भिडियोलाई दिपेश केसीले खिचेका हुन् भने मेकअप तथा श्रृङ्गार विनिता गुरुङले गरेकी हुन् । गीतको प्रोजेक्ट हेडका रुपमा सोम गुरुङ रहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक

काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा

युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ

काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा

एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका 

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान्

Techie IT