Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रबचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार


काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै संचालकहरुलाई कार्यालयमा छलफलका लागि बोलाएर थुनेर राखेका छन् । कार्यालयमा थुनिनेमा फरार रहेका अध्यक्ष र सचिवका श्रीमतिहरु पनि रहेका छन् ।

असार १७ गते यो सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौं अपचलन गरी फरार भएपछि वचतकर्ताले उनीहरुलाई कारबाहीको माग गर्दै आफ्नो वचत फिर्ताको वातावरण बनाउन लगातार प्रशासनलाई दवाव दिँदै आएका थिए ।

तर कसैगरी उनीहरु सम्पर्कमा नआएपछि दुई दिनअघि प्रहरीले फरार दुवैजनाका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गराएको छ । बुधबार अपरान्हदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबीच छलफल भएपनि कुनै सहमति नभएपछि पीडित बचतकर्ताले सहकारीको कार्यालयबाट उनीहरुलाई रातभर निस्कन दिएनन् ।

बुधबार राति छलफलका लागि कार्यालयमा बोलाइएका सबै संचालकलाई भित्र थुनिएको र यो समस्या समाधान नहुँदासम्म निस्कन नदिने सदस्य लालबहादुर खत्रीले बताए । उनीहरुलाई सामान्य खानाको व्वस्था भित्रै गरिएको र यसको वास्तविकता नआउन्जेल बाहिर आउन नदिइने उनले जनाएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT