Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रभोटेकोशीका नागरिक बाढीको त्रासमा, गाउँपालिका अध्यक्षसहितका प्रतिनिधि युरोप सयरमा

भोटेकोशीका नागरिक बाढीको त्रासमा, गाउँपालिका अध्यक्षसहितका प्रतिनिधि युरोप सयरमा


सिन्धुपाल्चोक । अचेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका नागरिक अत्यन्त त्रासमा बाँचिरहेका छन् । बाढी तथा पहिरोको उच्च जोखिममा रहेका यहाँका नागरिकलाई अचेल आकाशमा बादल मडारिँदा पनि डर लाग्छ । बेलुका सुतेपछि बिहान नहुन्जेलसम्म पनि बाढी र पहिरोको चिन्ताले नै सताउँछ ।

अझ सरकारले केही दिन भारी वर्षा हुने र सावधानी अपनाउनुपर्ने बताएदेखि यहाँका नागरिकमा झन् त्रास र बेचैनी बढेको छ । जोखिम बढेकै कारण गृह मन्त्रालयले एक सूचना जारी गरी बाढी तथा पहिरो प्रभावित जिल्लासंगै ७७ वटै जिल्लाका सिडिओलाई जिल्ला छाडेर बाहिर नजानसमेत निर्देशन दिइसकेको छ ।

तर विगतमा पनि बाढीले बितण्डा मच्चाएको र अझै पनि उच्च जोखिममा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि भने अहिले युरोप भ्रमणमा मस्त छ । नागरिकको गाह्रो–साह्रोमा सँगै हुनुपर्ने जनप्रतिनिधिहरुले अप्ठेरो परेकै बेला साथ छाडेको भन्दै यहाँका स्थानीय आक्रोशित भएका छन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, एक नम्बर वडाका वडा अध्यक्ष राजु लामा र दुई नम्बर वडाका वडाध्यक्ष कुमार श्रेष्ठलगायतको टोली युरोप भ्रमणमा मस्त छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT