Techie IT
२०८१ माघ ७, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्र‘प्रवासीको देश हुन्न’

‘प्रवासीको देश हुन्न’


काठमाडौं । बेल्जियम निवासीआख्यानकार पंचम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् ।

कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो ।’

त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने तर अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए ।

‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बिजारोपण गरेको छ ।’

त्यसैगरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन् । ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अतियथार्थवाद र जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ ।’

यसअघि लेखकको ‘पथिक प्रवासन’ ९२०६७० प्रकाशित छ । प्रवासीको देश हुन्न संग्रहमा १४ वटा कथा समावेश छन् । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

बेल्जियममा सक्रिय पूर्वसन्चारकर्मी अधिकारीले देश छाडेपछिको भोगाईहरुलाई कथाको विषय बनाएको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

Techie IT