Techie IT
२०८१ माघ ७, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रगोल्डेन सुनगाभाको संसदमा संघीय सभामुख (भिडिओसहित)

गोल्डेन सुनगाभाको संसदमा संघीय सभामुख (भिडिओसहित)


भक्तपुर । शनिबार भक्तपुरको दुवाकोटस्थित दुवाकोट सिटी पार्टी प्यालेसमा एउटा रोचक दृश्य देखियो । जहाँ गोल्डेन सुनभागा इंलिस बोर्डिङ स्कुलका विद्यार्थीले ठ्याक्कै संघीय संसदको झल्को दिनेगरी कार्यक्रम गरिरहेका थिए । कार्यक्रम हलभित्र राखिएको टेबलमा सभामुख, उपसभामुख, संसद सचिवालय र त्यसको विपरीत रहेका डेक्समा प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष, प्रमुख सचेतक लेखिएको नेमप्लेट सहित कोट र पाइन्टमा विद्यार्थीहरु सजिएर बसेका थिए ।

यत्तिकैमा संघीय संसदका सभामुख देवराज घिमिरे हलभित्र प्रवेश गरे । र, नमूना संसदकी सभामुखले आसन ग्रहणका लागि अनुरोध गरिन् । अनि बज्यो राष्ट्रिय धुन ।

राष्ट्रिय धुन सकिएसँगै नमूना संसदकी सभामुखले कार्यक्रमबारे विद्यालयका प्रिन्सिपल महेशचन्द्र गौतमलाई पाँच मिनेटभित्र आफ्नो भनाइ राख्न आग्रह गरिन् । प्रिन्सिपल गौतमले राजनीतिप्रति विद्यार्थीको धारणा परिवर्तनका लागि सहयोग पुर्याउन र संसदको गतिविधिबारे प्रयोगात्मकरुपमै जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

प्रिन्सिपलको भनाइपछि संसदकै झल्को दिनेगरी कार्यक्रम अघि बढ्यो ।

सांसदहरुले शून्य समयमा आफ्नो धारणासँगै प्रधानमन्त्री र विभागीय मन्त्रीको जवाफ मागे । सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले जवाफ दिइसकेपछि सांसदहरुले संघीय संसदका सभामुख घिमिरेलाई विभिन्न समसामयिक विषयमा जिज्ञासा राखे ।

सभामुखले सांसदका प्रश्नको जवाफ दिइसकेपछि नमूना संसदकी सभामुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ निरौलालाई भनाइ राख्न अनुरोध गरिन् ।

अध्यक्ष निरौलाले विद्यार्थीलाई संसदका गतिविधिबारे प्रयोगात्मकरुपमै बुझाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।
र, नमूना संसदकी सभामुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरौलाले संसद अधिवेशन सकिएको पत्र पढेर सुनाइन् । र कार्यक्रम सकियो ।

हेर्नुहोस् कार्यक्रमको भिडिओ

 

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

Techie IT