Techie IT
Saturday, February 15, 2025 | शनिबार, फागुन ३, २०८१
२०८१ फागुन ३, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्ररिलिज भयो वेभसिरिज कुटुम्ब (भिडिओसहित)

रिलिज भयो वेभसिरिज कुटुम्ब (भिडिओसहित)


काठमाडौं । पछिल्लो समय विभिन्न टेलिशृंखला तथा वेभसिरिज निर्माणको लहर नै चलेको छ । कति सिरिजले आमदर्शकको मन जितेका छन् त कति दर्शकको रोजाइमा पर्न नसकेर किनारा लागेका छन् । यहीं परिवेशबीच नवीन कथामा अर्को एउटा नयाँ सामाजिक वेभसिरिज सुरु भएको छ– कुटुम्ब ।

एक्सन फिल्मसले निर्माण गरेको उक्त सिरिजको पहिलो अंक शनिबार सार्वजनिक भएको हो । युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट सार्वजनिक भएको उक्त सिरिज हरेक शनिबार साँझ साढे पाँच बजे प्रिमियर हुनेछ । सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । निर्देशक खत्रीले निर्देशन गरेका थुप्रै चलचित्र तथा म्युजिक भिडिओले दर्शकको मन जितिसकेका छन् ।

उक्त वेभसिरिजमा कलाकारहरु आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम तिमल्सिना, मौसम खड्का, स्मारिका खनाल, यशु भट्टराई, मिना जिसी, युवराज खत्री, टेक अधिकारी, अनिशा पराजुली र सुष्मा केसीको अभिनय छ । उक्त सामाजिक सिरिजलाई पीएस खतिवडाले लेखेका हुन् ।

टेक अधिकारी, सरिता भण्डारी र मुक्ति उप्रेती निर्माता रहेको कुटुम्बको सुजन श्रेष्ठले छायांकन गरेका हुन् । सिरिजको सह–निर्देशन नविन गिरीले गरेका हुन् भने व्यवस्थापन घनश्याम तिमल्सिनाले गरेका छन् ।

निर्देशक खत्रीले सिरिजलाई समाजको वास्तविक चित्र बनाउने प्रयास गरिएको बताएका छन् । ‘रगतको नाताभन्दा माथि उठेको आमसम्बन्धका विषयमा सिरिज निर्माण भएको छ’, उनले भने, ‘यस सिरिजले दर्शकको मन जित्नेमा हामी विश्वस्थ छौं ।’

हेर्नुहोस् भिडिओ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

Techie IT