Techie IT
Friday, June 12, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रजनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई नै फसाए

जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई नै फसाए


काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ गुनासो गरेका छन् । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सार्वजनिक गरेको उक्त जिमेलमा जिबीले यस्तो गुनासो गरेका हुन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त जिमेल अंश भनिएको छ– ‘केहीपछि तपाईंलाई गार्हो हुन्छ, मेरो नाम पनि जोडिन्छ । टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए । मैले विश्वास नगरेपपछि खनियाँ थरका ब्यक्तिको नाम अरु कोहीमार्फत ल्याए ।

उप निर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुन्डी गर्न लगाए । पछी पनि कहिले अमेरिकामा रहेका उनै खनियाँ थरका ब्यक्तीलाई त कहिले मोहनलाई पैसा पठाउन भन्थे । खनिया थरका ब्यक्तीले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टिको लागी भनेर सहयोग पठाएँ । जापानमा डिपीका अर्का अर्याल थरकै ब्यक्तीलाई पनि ३ करोड पठाएँ ।

मोहनले रबी पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र,केही रकम रबीका अर्का सहयोगी बिपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन ।’ श्रेष्ठले इमेलको आधिकारिताबारे अन्वेषण भइरहेको पनि बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT