Techie IT
Friday, June 12, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रउत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा

उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा


काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईंमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ,’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै भनिन् ‘तपाईंको रुचि परिवर्तन हुनसक्छ । यो स्वभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरु अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’

किशोरावस्थाका संवेगलाई जोड्दै उनले भनिन्, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्नसक्छ । अभिभावकले भनेका कुरा आफूलाई चित्त नबुझेको हुनसक्छ । आफूलाई यस्तो लागेपनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ । यो भने महसुस गर्नुपर्छ ।’

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा उनले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग यसरी अन्तरक्रिया गरेकी हुन् ।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरुले उनको चलचित्र क्षेत्रमा प्रवेश गर्दा र काम गर्दाको अनुभव, संघर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरु गरेकी थिइन् ।

खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन । उच्च शिक्षामा पनि इञ्जिनियरिङ् पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’
वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘विवाह एउटा प्रक्रिया हो । आपसमा कुरा बुझ्न सक्ने भएपछि पेशा अगाडि बढाउन असजिलो हुँदैन ।’

डाक्टर बन्छु । इञ्जिनियर बन्छु । पाइलट बन्छु । भन्दा शिक्षकले, अभिभावकले पढ्ने रैछ भनेर हेर्ने दृष्टिकोण सकारात्मक बनाउने भएपछि विद्यार्थीहरुले भित्री रुचि अरु नै भए पनि भन्न चाहिँ अर्कै भन्छन् । कक्षामा अरुले के भन्छ वा सोच्छ भनेर होइन आफूभित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनु पर्नेमा प्रोत्साहित गरिएको थियो ।

विद्यार्थीहरुलाई विद्यालयभित्र उपलब्ध भएबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग एक घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘कलाकारसँगै बैङ्क, वित्तीय क्षेत्र तथा विभिन्न प्रतिष्ठित निकायका प्रमुख कार्यकारी, बैज्ञानिक, प्राध्यापकसहित समाजका प्रभावशाली व्यक्तित्वलाई बोलाएर विद्यार्थीहरुसँग अन्तरक्रियात्मक छलफलको अवसर उपलब्ध गराइनेछ ।’

जीविकोपार्जनका लागि अपनाइने पेशा जुनसुकै भएपनि त्यस क्षेत्रसँग सम्बन्धित विषयमा मात्र ज्ञान राखेर पुग्दैन । यससँग सम्बन्धित क्षेत्रका विषयमा जानकारी हुनुपर्छ । यसकारण, पेशा एउटा अपनाए पनि ज्ञान र सीप भने धेरै क्षेत्रको लिनु पर्छ, भन्ने विद्यार्थीमा भावबोध गराउनु क्याम्प सञ्चालनको अर्को महत्वपूर्ण पक्ष हो,’झाको भनाइ छ ।

प्रमुखको सचिवालय सल्लाहकार अनुष्का श्रेष्ठ भन्छिन् ‘पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता कारणले बालबालिकाहरुमा आउन सक्ने हीनताबोध हटाउन काम गरिरहेका छौँ । बालबालिकामा हीनताबोध हटाएर आत्मविश्वाश जगाउन सके समयले माग गरेकाअनुरुपका जनशक्ति उत्पादन गर्न सकिन्छ ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT