Techie IT
Thursday, June 26, 2025 | बिहीबार, असार १२, २०८२
२०८२ असार १२, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रउत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा

उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा


काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईंमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ,’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै भनिन् ‘तपाईंको रुचि परिवर्तन हुनसक्छ । यो स्वभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरु अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’

किशोरावस्थाका संवेगलाई जोड्दै उनले भनिन्, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्नसक्छ । अभिभावकले भनेका कुरा आफूलाई चित्त नबुझेको हुनसक्छ । आफूलाई यस्तो लागेपनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ । यो भने महसुस गर्नुपर्छ ।’

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा उनले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग यसरी अन्तरक्रिया गरेकी हुन् ।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरुले उनको चलचित्र क्षेत्रमा प्रवेश गर्दा र काम गर्दाको अनुभव, संघर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरु गरेकी थिइन् ।

खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन । उच्च शिक्षामा पनि इञ्जिनियरिङ् पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’
वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘विवाह एउटा प्रक्रिया हो । आपसमा कुरा बुझ्न सक्ने भएपछि पेशा अगाडि बढाउन असजिलो हुँदैन ।’

डाक्टर बन्छु । इञ्जिनियर बन्छु । पाइलट बन्छु । भन्दा शिक्षकले, अभिभावकले पढ्ने रैछ भनेर हेर्ने दृष्टिकोण सकारात्मक बनाउने भएपछि विद्यार्थीहरुले भित्री रुचि अरु नै भए पनि भन्न चाहिँ अर्कै भन्छन् । कक्षामा अरुले के भन्छ वा सोच्छ भनेर होइन आफूभित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनु पर्नेमा प्रोत्साहित गरिएको थियो ।

विद्यार्थीहरुलाई विद्यालयभित्र उपलब्ध भएबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग एक घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘कलाकारसँगै बैङ्क, वित्तीय क्षेत्र तथा विभिन्न प्रतिष्ठित निकायका प्रमुख कार्यकारी, बैज्ञानिक, प्राध्यापकसहित समाजका प्रभावशाली व्यक्तित्वलाई बोलाएर विद्यार्थीहरुसँग अन्तरक्रियात्मक छलफलको अवसर उपलब्ध गराइनेछ ।’

जीविकोपार्जनका लागि अपनाइने पेशा जुनसुकै भएपनि त्यस क्षेत्रसँग सम्बन्धित विषयमा मात्र ज्ञान राखेर पुग्दैन । यससँग सम्बन्धित क्षेत्रका विषयमा जानकारी हुनुपर्छ । यसकारण, पेशा एउटा अपनाए पनि ज्ञान र सीप भने धेरै क्षेत्रको लिनु पर्छ, भन्ने विद्यार्थीमा भावबोध गराउनु क्याम्प सञ्चालनको अर्को महत्वपूर्ण पक्ष हो,’झाको भनाइ छ ।

प्रमुखको सचिवालय सल्लाहकार अनुष्का श्रेष्ठ भन्छिन् ‘पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता कारणले बालबालिकाहरुमा आउन सक्ने हीनताबोध हटाउन काम गरिरहेका छौँ । बालबालिकामा हीनताबोध हटाएर आत्मविश्वाश जगाउन सके समयले माग गरेकाअनुरुपका जनशक्ति उत्पादन गर्न सकिन्छ ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका

बालेन साहविरुद्ध अख्तियारमा अर्को पनि उजुरी, कार्यालयको लिफ्ट जडानमा भ्रष्टाचार…

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि अर्को मुद्दा दर्ता भएको छ । अधिवक्ता युवराज

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको…

काठमाडौं । ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा एक भव्य ‘प्रेरक सम्मान’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका

श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म

साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व

काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो ।

जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने

  काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि

Techie IT