Techie IT
२०८१ असोज २१, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रनयाँ आवाजको खोजीमा आर्या इन्टरटेनमेन्ट, ‘जुनियर सिङ्गिङ स्टार रियालिटी सो’को घोषणा

नयाँ आवाजको खोजीमा आर्या इन्टरटेनमेन्ट, ‘जुनियर सिङ्गिङ स्टार रियालिटी सो’को घोषणा


काठमाडौं । आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराइएको हो । आर्या इन्टरटेन्मेन्टका अध्यक्ष एवं जुनियर सिङ्गिङ स्टार कार्यक्रमका निर्देशक कपिल कार्कीले ‘नयाँ आवाजको खोजी’ नारा दिएर १६ वर्षभन्दा कम उमेरका प्रतिभाहरुका लागि रियालिटी सो आयोजना गरिएको बताए ।

‘यो कार्यक्रम नेपालको मौलिकता बोकेको कार्यक्रम हो । यो कुनै फ्रेन्चाइज कार्यक्रम होइन । ‘नयाँ आवाजको खोजी’ भन्ने नारासहित जुनियर सिङ्गिङ स्टार कार्यक्रम गर्दैछौं,’– उनले भने ।

उनले उक्त रियालिटी सो कार्यक्रममा देशैभरका प्रतिभाहरुलाई सहभागी गराइने बताए । देशभरका विभिन्न ठाउँमा फिजिकल अडिसन र फिजिकल अडिसन सम्भव नभएको ठाउँमा अनलाइन अडिसनमार्फत प्रतिभा छनोट गरिने उनको भनाइ छ ।

‘गायन क्षेत्रमा लाग्न चाहने १६ वर्षमुनिका बालबालिका, उहाँहरु जो संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने उहाँहरुको लागि राम्रो प्लेटफर्म हामी दिनसक्छौं,’– उनले भने ।

निर्देशक कार्कीका अनुसार देशका विभिन्न ठाउँबाट १०० जनाभन्दा बढी बालबालिकालाई कार्यक्रममा सहभागी गराइने छ । टप २५ सम्मका प्रतिस्पर्धी छनोटमा सबै भूमिका जजको नै रहने छ ।

निर्देशक कार्कीले टप २५ बाट टप १० सम्म आउँदा ५० प्रतिशत जजको भूमिका र ५० प्रतिशत भोटको भूमिका रहने बताए । त्यसैगरी, जुनियर सिङ्गिङ स्टारमा पहिलो हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई साढे दुई लाख र तेस्रो हुनेलाई एक लाख उपहार प्रदान गरिने बताइएको छ ।

गायक डिजराज पौडेल, प्रकाश तिमल्सिना र गायिका सरु गौतम जुनियर सिङ्गिङ स्टारको जज रहेका छन् । उक्त रियालिटी सो ग्लोबल टीभी एचडीबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रशारण हुनेछ । जुनियर सिङ्गिङ स्टारको भोटिङ पाट्नर इसेवा रहेको छ भने होस्टहरुमा घनश्याम तिमल्सिना एन्टिना, बिष्णुमाया पौडेल र दिभ्या बयलकोटी रहने छन।

उक्त पत्रकार सम्मेलनको कार्यक्रम संचालन फिल्म निर्देशक तथा कलाकार घनश्याम तिमिल्सिना एन्टिनाले गरेका थिए। कार्यक्रममा गायक डिजराज पौडेल, प्रकाश तिमल्सिना र गायिका सरु गौतमले कार्यक्रम फलदायी हुनेमा आफूहरु विश्वास्त रहेको जनाए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत

देशभर कुन-कुन सडक अवरुद्ध छन् ?

काठमाडौं । गत ११ र १२ गते आएको अविरल वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् ।

बाढीपहिरो अपडेटः २३३ जनाको मृत्यु,२२ जना अझै बेपत्ता

काठमाडौं । यहि असोज ११ र १२ गते आएको बाढीपहिरामा परी हालसम्म २३३ जनाको मृत्यु भएको भने २२ जना अझै

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार

काठमाडौं । सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे

गोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा तृतीय स्थान प्राप्त

सहकारी छानविन समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक, के छ प्रतिवेदनमा ?

काठमाडौं । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

Techie IT