Techie IT
Thursday, May 22, 2025 | बिहीबार, जेठ १०, २०८२
२०८२ जेठ १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रवेभसिरिज ‘कुटुम्ब’ आउँदै, रिलिज भयो टेलर (भिडिओसहित)

वेभसिरिज ‘कुटुम्ब’ आउँदै, रिलिज भयो टेलर (भिडिओसहित)


काठमाडौं । पछिल्लो समय विभिन्न टेलिशृंखला तथा वेभसिरिज निर्माणको लहर नै चलेको छ । कति सिरिजले आमदर्शकको मन जितेका छन् त कति दर्शकको रोजाइमा पर्न नसकेर किनारा लागेका छन् । यहीं परिवेशबीच नवीन कथामा अर्को एउटा सामाजिक वेभसिरिज सार्वजनिक हुने भएको छ– कुटुम्ब ।

एक्सन फिल्मसले निर्माण गरेको उक्त सिरिजको टेलर शनिबार सार्वजनिक भएको हो । युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट सार्वजनिक भएको उक्त टेलरमा चर्चित कलाकारलाई फिचर्ड गरिएको छ । असार १ गते शनिबारदेखि साप्ताहिकरुपमा नियमित प्रसारण हुने उक्त सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । निर्देशक खत्रीले निर्देशन गरेका थुप्रै चलचित्र तथा म्युजिक भिडिओले दर्शकको मन जितिसकेका छन् ।

उक्त वेभसिरिजमा कलाकारहरु आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम तिमल्सिना, मौसम खड्का, स्मारिका खनाल, यशु भट्टराई, मिना जिसी, युवराज खत्री, टेक अधिकारी, अनिशा पराजुली र सुष्मा केसीको अभिनय छ । उक्त सामाजिक सिरिजलाई पीएस खतिवडाले लेखेका हुन् ।

टेक अधिकारी, सरिता भण्डारी र मुक्ति उप्रेती निर्माता रहेको कुटुम्बको सुजन श्रेष्ठले छायांकन गरेका हुन् । सिरिजको सह–निर्देशन नविन गिरीले गरेका हुन् भने व्यवस्थापन घनश्याम तिमल्सिनाले गरेका छन् ।

शनिबार टेलर रिलिज गर्दै निर्देशक खत्रीले सिरिजलाई समाजको वास्तविक चित्र बनाउने प्रयास गरिएको बताएका छन् । ‘रगतको नाताभन्दा माथि उठेको आमसम्बन्धका विषयमा सिरिज निर्माण भएको छ’, उनले भने, ‘यस सिरिजले दर्शकको मन जित्नेमा हामी विश्वस्थ छौं ।’

हेर्नुहोस् भिडिओ

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म

साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व

काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो ।

जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने

  काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

Techie IT