Techie IT
Tuesday, December 16, 2025 | मंगलबार, पुस १, २०८२
२०८२ पुस १, मंगलबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रगोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा

गोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा


काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा तृतीय स्थान प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेश सरकारबाट नगद ७० हजार रुपैयाँसहित सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा गोकर्णेश्वर लाइट एकेडेमीलाई पुरस्कृत गरेको हो ।

जसमा ३ जना विद्यार्थीको ४.०० जिपिएसहित ३.७७औसत जिपिए प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेशमा तृतीय भएको हो । मन्त्रालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागी गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जिपिएलाई सूत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित माकलबारीमा रहेको उक्त विद्यालयले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । गत वर्षका एस इ इ नतिजामा उत्कृष्ट ल्याए पनि कम विद्यार्थी सङ्ख्या भएको कारण यो सम्मान पाउँनबाट बन्चित भएको विद्यालयका प्रधानाध्यापक सौर्य आचार्यले जानकारी दिए ।

सिन्धुपाल्चोक ईन्द्रावति गाँउपालिका वडा नम्बर ५ मा जन्मिएर काठमाडौमा शैक्षिक अभियान्ताका रुपमा अगाडि बढेका आचार्यको कुशल ब्यवस्थापनका कारण गोकर्णेश्वर लाईट एकेडेमीमा पढाइका साथै अन्य अतिरिक्त क्रियाकलाप र प्रविधिमैत्री शिक्षण सिकाइमा समेत निकै अब्बल रहेको छ हाल विद्यालयमा १००० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।

हेटौडामा आयोजजित कार्यक्रमा बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ ले नगद सहित सम्मान गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक

काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा

युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ

काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा

एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका 

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान्

Techie IT