गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ सहकारी छानविन समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक, के छ प्रतिवेदनमा ? सहकारी छानविन समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक, के छ प्रतिवेदनमा ? स्वर्णपत्र शुक्रबार, २०८१ असोज ४ गते, १६:४१ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनमा गोर्खा मिडिया प्रा.ली.को कारोवार र वित्तिय विश्लेषण गरेको समितिले कुनै नाम किटान नगरी सञ्चालकहरुले शक्तिको गलत उपयोग गरेको उल्लेख छ । त्यस्तै गोरखा मिडिया नेटवर्कको बैंक खातामा विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको पाइएको छ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार विभिन्न पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको हो । सहकारी छानबिन विशेष समितिले सहकारीबाट गैरकानुनी रुपमा गोरखा मिडियामा रकम प्रवाह भइराख्दा नियामक निकायहरू बेखबर बनेको पनि प्रतिवेदनमा उल्लेख छ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले फरार रहेका २९ जनाको नामसमेत सार्वजनिक गरेको छ। #सहकारी छानबिन विशेष समिति तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत देशभर कुन-कुन सडक अवरुद्ध छन् ? काठमाडौं । गत ११ र १२ गते आएको अविरल वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । बाढीपहिरो अपडेटः २३३ जनाको मृत्यु,२२ जना अझै बेपत्ता काठमाडौं । यहि असोज ११ र १२ गते आएको बाढीपहिरामा परी हालसम्म २३३ जनाको मृत्यु भएको भने २२ जना अझै सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार काठमाडौं । सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे गोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा तृतीय स्थान प्राप्त बलेफीले मनायो भव्यताका साथ शिक्षा दिवस राष्ट्रिय शिक्षा दिवस २०८१ को उपलक्ष्यमा बलेफी गाउँपालिकाले विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले विभिन्न अतिरिक्त लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ तुइन र फड्केले जोडियो नाका तातोपानी ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी