Techie IT
Monday, June 16, 2025 | सोमबार, असार २, २०८२
२०८२ असार २, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रहोस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ

होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ


काठमाडौं । झापाबाट कलाकारिताको सपना बुन्दै राजधानी प्रवेश गरेका खेम बानियाँ (सन्तोष)ले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने सामाजिक कथावस्तुमा आधारित ‘मैं राम्री’ टेलिसिरियलमा अभिनय गरेका उनी ‘बिक्की’ उपनामले समेत चर्चित छन । अब उहीँ खेमले चलचित्रमा समेत अभिनय गर्नेभएका छन । आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको चलचित्र ‘होस्टेल–३’ मार्फत उनले चलचित्रमा डेब्यु गर्दैछन ।

सशान कँडेलको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको छ । चलचित्रमा उखेम बानियाँ ‘सन्तोष’, ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, रोहन श्रेष्ठ र आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।

अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन्। आइतबार सम्पन्न मुहूर्तमा आर्यन सिग्देल र परीक्षा लिम्बु बाहेक चलचित्रका अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो ।

चलचित्रमा डेब्यु गर्न लागेको खेम उत्साहित छन । कलाकारितामा बेग्लै पहिचान बनाउन सफल भईसकेका उनलाई चलचित्रमा पनि अब्बल भएर पर्दामा देखिने आशा धेरै दर्शकले राखेका छन ।

खेम भन्छन्, ‘यो चलचित्र मेरा लागि एउटा अग्नि परीक्षा हो । म यो परीक्षालाई उत्कृष्ट बनाउन तत्पर भएर लागिपरेको छु । यहाँहरुले देखाउनु भएको मायालाई म निराशामा परिणत गर्न कदापि सक्दिनँ ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको…

काठमाडौं । ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा एक भव्य ‘प्रेरक सम्मान’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका

श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म

साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व

काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो ।

जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने

  काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

Techie IT