Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रहोस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ

होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ


काठमाडौं । झापाबाट कलाकारिताको सपना बुन्दै राजधानी प्रवेश गरेका खेम बानियाँ (सन्तोष)ले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने सामाजिक कथावस्तुमा आधारित ‘मैं राम्री’ टेलिसिरियलमा अभिनय गरेका उनी ‘बिक्की’ उपनामले समेत चर्चित छन । अब उहीँ खेमले चलचित्रमा समेत अभिनय गर्नेभएका छन । आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको चलचित्र ‘होस्टेल–३’ मार्फत उनले चलचित्रमा डेब्यु गर्दैछन ।

सशान कँडेलको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको छ । चलचित्रमा उखेम बानियाँ ‘सन्तोष’, ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, रोहन श्रेष्ठ र आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।

अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन्। आइतबार सम्पन्न मुहूर्तमा आर्यन सिग्देल र परीक्षा लिम्बु बाहेक चलचित्रका अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो ।

चलचित्रमा डेब्यु गर्न लागेको खेम उत्साहित छन । कलाकारितामा बेग्लै पहिचान बनाउन सफल भईसकेका उनलाई चलचित्रमा पनि अब्बल भएर पर्दामा देखिने आशा धेरै दर्शकले राखेका छन ।

खेम भन्छन्, ‘यो चलचित्र मेरा लागि एउटा अग्नि परीक्षा हो । म यो परीक्षालाई उत्कृष्ट बनाउन तत्पर भएर लागिपरेको छु । यहाँहरुले देखाउनु भएको मायालाई म निराशामा परिणत गर्न कदापि सक्दिनँ ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT