Techie IT
Friday, April 18, 2025 | शुक्रबार, वैशाख ६, २०८२
२०८२ वैशाख ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रदुईपाँग्रे सवारी खरिदमा नगददेखि अर्को सवारी नै जित्ने मौका

दुईपाँग्रे सवारी खरिदमा नगददेखि अर्को सवारी नै जित्ने मौका


काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै दुई पाङ्ग्रे सवारीका बिक्रेता कम्पनीहरूले विभिन्न खाले अफर गरिरहेका छन् । कम्पनीहरूले चाडपर्वमा आफ्नो ब्रान्डका सवारीको खरिदमा यस्ता छुटसहितका अफरको व्यवस्था गरेका हुन् ।

दशैं, तिहार, छठमा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने योजना बनाएकाहरूलाई लक्षित गर्दै कम्पनीहरूले ग्राहकको सहुलियतको लागि यस्तो व्यवस्था गरेका हुन् । युवापुस्ताहरुले रुचाएका दुई पाङ्ग्रे सवारी अन्य बेलामा भन्दा दशैँतिहार जस्ता चाडपर्वमा धेरै खरिद हुन्छन् । यसवर्षको चाडपर्वलाई लक्षित गर्दै कम्पनीहरूले मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुटदेखि एक्सचेन्जसम्मका अफर ल्याएका छन् ।कम्पनीहरूले ग्राहकहरूलाई आकर्षित गर्नका लागि यस्ता किसिमका स्कीमहरू चाडपर्व विशेष गर्दै प्रत्येक वर्ष ल्याएको पाइन्छ । युवामा दुई पाङ्ग्रेको क्रेजको मध्यनजर गर्दै ल्याइएका आकर्षक अफरले नयाँ बाइक किन्नेहरूलाई आकर्षण गरिरहेको हुन्छ ।

नेपालमा लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले चाडपर्वलक्षित गर्दै स्पेशल अफर सार्वजनिक गरेको छ । कम्पनीले यसपटकको पर्वमा यामाहाका सवारी खरिद गर्ने ग्राहकलाई मध्यनजर गर्दै ‘बिगेस्ट १०शैं’ योजना ल्याएको हो । उक्त अफर अन्तर्गत रहेर यामाहाका दुई पाङ्ग्रे सवारी खरिद गर्दा दश लाख रुपैयाँसम्म हात पर्ने साथै क्यासब्याक पाउने छन् । नयाँ सवारीको खरिदमा कम्पनीले एक्सचेन्जको सुविधा दिएको छ । यसका साथै कम्पनीले बाइकको खरिदमा सहज फाइनान्सको व्यवस्था पनि मिलाएको छ ।

त्यस्तै सीजी मोटर्स कम्पनीले ‘एक्कासी मालामाल’ ‘दशैं, तिहार–२०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको हो । कम्पनीले चाडपर्वमा मालामाल हुन केही गर्ने नपर्ने हिरोका बाइक खरिद गर्दा पुग्ने स्कीम भन्दै ग्राहकहरुका लागि यो सुविधा ल्याएको हो ।

यता सुजुकीले पनि दशैँ आयो क्यास पायो’ स्कीममा आकर्षक छुटको व्यवस्था गरेको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले ल्याएको ‘ एक्सचेन्ज र फाइनान्सको सुविधा पनि रहेको यो स्कीम छठ पर्वसम्म चल्ने कम्पनीले जनाएको छ ।

होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ ।

टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पनि चाडपर्वलाई लक्षित गर्दै विशेष योजना नयाँ युगको आरम्भ’ स्कीम ल्याएको छ । कम्पनिका अनुसार टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म जित्न सक्ने छन् । यस स्कीममा हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर रहेको छ । कम्पनीले वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा एक्सचेन्ज सुविधा, ग्यारेन्टी बिनाको ईजी फाइनान्स उपलब्ध गराउने बताएको छ ।

छुट र अफर ल्याएको अर्को कम्पनी भेस्पा र अप्रिलिया । उक्त ब्रान्डका स्कुटरको बिक्रेता डेल्टा अटोकर्पले ल्याएको यस स्कीममा आकर्षक योजना समावेश गरिएको छ । ‘खुशी तीन गुणा’ नामक यो अफरअन्तर्गत भेस्पा र अप्रिलिया स्कुटरको हरेक खरिदमा १० हजार देखि ७५ हजार रुपैयाँसम्म नगद छुट साथै ६ हजार रुपैयाँ बराबरको स्मार्ट वाच उपहारमा पाउने छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

Techie IT