Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रजुनियर सिङ्गिङ स्टारको दोस्रो अडिसन चौतारामा सम्पन्न, चुनिए २२ विद्यार्थी

जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिसन चौतारामा सम्पन्न, चुनिए २२ विद्यार्थी


काठमाडाैं । १६ वर्षमुनिका गायन प्रतिभाहरुको प्रतिस्र्पात्मक रियालिटी टेलिभिजन शो जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिशन सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सम्पन्न भएको छ।

देशभरिको दश वटा अडिसनबाट टेलिभिजन राउन्डका लागि उत्कृष्ट १०० जना प्रतिस्पर्धी छान्ने योजना अनुरुप काभ्रे र सिन्धुपाल्चोकलाई लक्षित गरेर चौतारास्थित कृष्ण रत्न गङ्गा उच्च माविमा भाद्र २९ गते अडिसन सम्पन्न गरिएको कार्यक्रम प्रस्तोता घनश्याम तिमल्सिना एन्टिनाले बताएका छन् ।

आर्या मिडिया हाउसले संचालन गरेको उक्त रियालिटी शो ग्लोबल एच डि टेलिभिजनबाट प्रसारण हुनेछ भने कार्यक्रमलाई कपिल कार्कीले निर्देशन गरेका हुन् ।

गत साउन २६ गते काठमाडौमा पहिलो अडिसन सम्पन्न गरिसकेको यो कार्यक्रममा गायक तथा संगीतकार डिजराज पौडेल, गायिका सरु गौतम, गायक कर्णराज गिरी, डेबिट शंकर निर्णायकको भूमिकामा रहेका छन।

नियुक्ति शेर्पा र घनश्याम तिमल्सिना एन्टिना होस्ट रहेको यो रियालिटी शोमा सिन्धुपाल्चोकका तीन दर्जन विद्यालयबाट १२० जना विद्यार्थी सहभागी भएको कार्यक्रम संचालक तिमल्सिनाले बताए । सिन्धुपाल्चोक अडिशनबाट टप सय राउन्डको लागि २२ जना विद्यार्थी छनोट भएका छन् ।

जुनियर सिङ्गिङ स्टार हुन सफलले ५ लाख, सेकेन्डले २ लाख पचास हजार र तेस्रोले १ लाख रुपैयाँको पुरुस्कार प्राप्त गर्ने आयोजक आर्या मिडिया हाउसले जनाएको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT