Techie IT
Saturday, February 15, 2025 | शनिबार, फागुन ३, २०८१
२०८१ फागुन ३, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रजुनियर सिङ्गिङ स्टारको दोस्रो अडिसन चौतारामा सम्पन्न, चुनिए २२ विद्यार्थी

जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिसन चौतारामा सम्पन्न, चुनिए २२ विद्यार्थी


काठमाडाैं । १६ वर्षमुनिका गायन प्रतिभाहरुको प्रतिस्र्पात्मक रियालिटी टेलिभिजन शो जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिशन सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सम्पन्न भएको छ।

देशभरिको दश वटा अडिसनबाट टेलिभिजन राउन्डका लागि उत्कृष्ट १०० जना प्रतिस्पर्धी छान्ने योजना अनुरुप काभ्रे र सिन्धुपाल्चोकलाई लक्षित गरेर चौतारास्थित कृष्ण रत्न गङ्गा उच्च माविमा भाद्र २९ गते अडिसन सम्पन्न गरिएको कार्यक्रम प्रस्तोता घनश्याम तिमल्सिना एन्टिनाले बताएका छन् ।

आर्या मिडिया हाउसले संचालन गरेको उक्त रियालिटी शो ग्लोबल एच डि टेलिभिजनबाट प्रसारण हुनेछ भने कार्यक्रमलाई कपिल कार्कीले निर्देशन गरेका हुन् ।

गत साउन २६ गते काठमाडौमा पहिलो अडिसन सम्पन्न गरिसकेको यो कार्यक्रममा गायक तथा संगीतकार डिजराज पौडेल, गायिका सरु गौतम, गायक कर्णराज गिरी, डेबिट शंकर निर्णायकको भूमिकामा रहेका छन।

नियुक्ति शेर्पा र घनश्याम तिमल्सिना एन्टिना होस्ट रहेको यो रियालिटी शोमा सिन्धुपाल्चोकका तीन दर्जन विद्यालयबाट १२० जना विद्यार्थी सहभागी भएको कार्यक्रम संचालक तिमल्सिनाले बताए । सिन्धुपाल्चोक अडिशनबाट टप सय राउन्डको लागि २२ जना विद्यार्थी छनोट भएका छन् ।

जुनियर सिङ्गिङ स्टार हुन सफलले ५ लाख, सेकेन्डले २ लाख पचास हजार र तेस्रोले १ लाख रुपैयाँको पुरुस्कार प्राप्त गर्ने आयोजक आर्या मिडिया हाउसले जनाएको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

Techie IT