Techie IT
२०८१ माघ ७, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रनायिका पूजा शर्मा र गायिका समीक्षा अधिकारीबीच सामाजिक सञ्जालमा दोहोरी, गल्ती कसको ?

नायिका पूजा शर्मा र गायिका समीक्षा अधिकारीबीच सामाजिक सञ्जालमा दोहोरी, गल्ती कसको ?


काठमाडौं । नायिका पूजा शर्मा र गायिका समीक्षा अधिकारीबीच सामाजिक सञ्जाल फेसबुकमा दोहोरी चलेको छ । एउटा पडकास्टमा पूजा शर्माले नायक पल शाहको बँचाउ गर्दै दिएको अभिव्यक्तिपछि उनीहरुबीच दोहोरी चलेको हो । उक्त पडकास्ट सुनेपछि गायिका अधिकारीले आफूलाई पीडा नदिन नायिका शर्मालाई चेतावनीसमेत दिएकी छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट समीक्षाले भनेकी छिन्, ‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ । कि त भगवानलाई थाहा छ । आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ? के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ । सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु । मान्छु, तर यसरी पिडा नदिनुस् प्लिज ।’

आफ्नो विषय बाहिर ल्याएर पूजाले फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् । शर्माले पनि स्टाटस लेख्दै भनेकी छन्, ‘आज गायिका बहिनिले मलाई जोडेर मेरो भिडिओ सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकि छन्, त्यसमा मेरो गम्भीर आपत्ति रहेको छ..! त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु ! यो विषयमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिन; तर यसरी मेरो फिल्म आउनुभन्दा २–४ दिन अगाडि (पहिला पनि र अहिले पनि); मलाई टार्गेट गरिन्छ भने; म पनि बाध्य भएर बोलें । मिडियामा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त पर्सनल हुन् । योबाहेक मेरा र ती बहिनिको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु; र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु । मुभी आउनुअघि शत्रुहरू त लाग्छन् नै !’

शर्माले स्टाटस पोस्ट गरेपछि कमेन्ट बक्स भने अफ गरेकी छिन् । पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र यसबारे कसैले बोलिरहन जरुरी नभएको बताएकी थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

Techie IT