Techie IT
Wednesday, June 10, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रनायिका पूजा शर्मा र गायिका समीक्षा अधिकारीबीच सामाजिक सञ्जालमा दोहोरी, गल्ती कसको ?

नायिका पूजा शर्मा र गायिका समीक्षा अधिकारीबीच सामाजिक सञ्जालमा दोहोरी, गल्ती कसको ?


काठमाडौं । नायिका पूजा शर्मा र गायिका समीक्षा अधिकारीबीच सामाजिक सञ्जाल फेसबुकमा दोहोरी चलेको छ । एउटा पडकास्टमा पूजा शर्माले नायक पल शाहको बँचाउ गर्दै दिएको अभिव्यक्तिपछि उनीहरुबीच दोहोरी चलेको हो । उक्त पडकास्ट सुनेपछि गायिका अधिकारीले आफूलाई पीडा नदिन नायिका शर्मालाई चेतावनीसमेत दिएकी छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट समीक्षाले भनेकी छिन्, ‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ । कि त भगवानलाई थाहा छ । आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ? के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ । सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु । मान्छु, तर यसरी पिडा नदिनुस् प्लिज ।’

आफ्नो विषय बाहिर ल्याएर पूजाले फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् । शर्माले पनि स्टाटस लेख्दै भनेकी छन्, ‘आज गायिका बहिनिले मलाई जोडेर मेरो भिडिओ सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकि छन्, त्यसमा मेरो गम्भीर आपत्ति रहेको छ..! त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु ! यो विषयमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिन; तर यसरी मेरो फिल्म आउनुभन्दा २–४ दिन अगाडि (पहिला पनि र अहिले पनि); मलाई टार्गेट गरिन्छ भने; म पनि बाध्य भएर बोलें । मिडियामा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त पर्सनल हुन् । योबाहेक मेरा र ती बहिनिको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु; र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु । मुभी आउनुअघि शत्रुहरू त लाग्छन् नै !’

शर्माले स्टाटस पोस्ट गरेपछि कमेन्ट बक्स भने अफ गरेकी छिन् । पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र यसबारे कसैले बोलिरहन जरुरी नभएको बताएकी थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT