Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रईन्जिनियरिङसँगै सामाजिक काममा सक्रिय टेकेन्द्र

ईन्जिनियरिङसँगै सामाजिक काममा सक्रिय टेकेन्द्र


काठमाडौं । अझैपनि हामी नेपालको मध्यपश्चिमलाई विकट भनेर परिभाषित गर्दै आइरहेका छौँ । हालसम्म मध्यपश्चिमका कयौं जिल्लामा विकासका आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातायात, संचार लगायतका पूर्वाधारहरु पुग्न सकेका छैनन् । देशलाई सुन्दरताले भरिपूर्ण बनाएको मध्यपश्चिमका जनता आफ्ना कयौं सपनाबाट बन्चित छन् ।

उहीँ मध्यपश्चिमबाट सुमधुर सपना बुनेर २०६५ सालमा पुपेन्द्र जंग शाही आफ्नी श्रीमतीसहित ५ सन्तान च्यापेर कोहलपुर बसाइँ सरे । आफू जन्मिएको ठाउँ छाडेर नयाँ ठाउँमा घुलमिल हुन केही गाह्रो अनुभव हुनु स्वभाविक हो । जसोतसो उनका परिवार समाजमा घुलमिल हुँदै गए । छोराछोरीको बढ्दो उमेरसंगै थपिदै गएको जिम्मेवारी यी दुई चिजले पुपेन्द्रलाई दिनरात पिरोलिरहेको थियो । तरपनि उनले शिक्षण पेशा गर्दै आफ्नो परिवार चलाइरहे । माईला छोरा टेकेन्द्र जंग शाहीलाई अध्ययन गराउने सोचका साथ उनले कोहलपुरमा रहेको कोहलपुर माध्यमिक बिद्यालयमा भर्ना गरिदिए ।

टेकेन्द्रले कक्षा १० सम्मको अध्ययन सोही विद्यालयमा गरे । एसएलसी पछिको अध्ययनपश्चात् उनलाई विज्ञान विषय अध्ययन गर्ने सोच पैदा भएसंगै उनी श्री त्रिभुवन उच्च माध्यामिक विद्यालयमा भर्ना भए । कलेजको यात्रा बिल्कुलै फरक हुन्छ नै । साथिभाइसंग घुलमिल हुन पाउनु, मासमा मिसिन पाउनु, गृहकार्य गर्दा सामुहिक रुपमा समावेश हुन पाउनु इत्यादि कुरा कलेजका विशेषता नै हुन ।

यसरी कलेज अध्ययनलाई अगाडि बढाइरहेका उनी कलेजले विभिन्न ठाउँमा गर्ने सामाजिक काममा रुचि राख्न थाले । सरसफाइ अभियान, सहयोग संङ्कलन जस्ता अभियानहरुमा उनी सक्रिय हुँदै गए । ं२ अध्ययन पनि सकियो । अब उनलाई सामाजिक कामले ध्यान तानिसकेको थियो । उनले समाजमा केही सेवा पुर्याउने उदेश्य सहित सब ईन्जिनियर अध्ययन गर्न थाले । करिब ३ बर्ष सब ईन्जिनियर अध्ययन सकेर उनी कयौं सपना बुन्दै कोहलपुरबाट २०७३ सालमा राजधानी सहर काठमाडौं प्रवेश गरे ।

कयौंको रहरले भरिएको सहरमा आफ्नो सपना पूरा गर्ने होडबाजिका बिच राजधानी छिरेका उनको कष्टकर जीवन प्रारम्भ भयो । डेरामा बस्नेको पीडा उहीँ त हो जब रात शुरु हुन्छ तब कयौं सपनाले सताउन थाल्छ । विस्तारै उनलाई सपनाले गलाउन थाल्यो । नथाक्दै, नगल्दै, बस् गन्तब्यतर्फ चल्दै उनी अगाडि बढिरहे । सहरको भर मानेर आएकाले भनेजस्तो काम पाउँदैनन् , बुझिदिने साथी पाउँदैनन् । यस्तै भयो उनलाई पनि ।

राजधानी आएपछि उनलाई पारिवारिक जिम्मेवारी थपिँदै गयो । पारिवारिक जिम्मेवारी पूरा गर्न उनी कामको खोजीमा भौतारिन थाले । एकदिन बेलुकीको समय थियो । मोबाइल चलाईरहेका उनलाई धुर्मुस सुन्तली फाउण्डेशनतर्फ ध्यान केन्द्रित भयो । त्यो समय धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कामतर्फ अगाडि बढिरहेको थियो । सिन्धुपाल्चोकमा गिरानचौर बस्ती निर्माण भर्खर प्रारम्भ हुँदै थियो । सहयोग संकलन गर्दै बस्ती निर्माणको काम प्रारम्भ गरेको फाउण्डेशनले स्वयंसेवक खोजिरहेको थियो ।

टेकेन्द्रले उहीँ फेसबुक पेजमार्फत फाउण्डेशनले आह्वान गरेको स्वयंसेवकमा आफू जोडिने सोच बुने । सानैबाट सामाजिक काममा लागिरहेका उनी गिरानचौर बस्ती निर्माणमा सहकार्य गर्न आतुर थिए । केहीदिनमा नै उनले सिताराम कट्टेल ‘धुर्मुस’संग भेटघाट गरेर आफू र आफ्नो टिम गिरानचौर बस्ती निर्माणमा हातेमालो गर्न आतुर रहेको जानकारी दिए । स्वयंसेवक खोजिरहेको फाउण्डेशनलाई ढुङ्गा खोज्दा देउता मिले जस्तै अनुभुति भयो । धुर्मुसले टेकेन्द्रको कुरालाई सहजै स्वीकार गरे ।

गिरानचौर बस्ती निर्माणमा टेकेन्द्रसहित उनको केही साथीभाई जोडिए । करिब ४ महिनाभन्दा बढी स्वयंसेवकको रुपमा रही उनले बस्ती निर्माणमा टेक्निकलतर्फ काम गरे । बस्ती निर्माणको काम पनि सकियो । बस्ती हस्तान्तरणसंगै टेकेन्द्र केही सम्मान र ठुलो आशासहित बिदा भए । फाउण्डेशन उनले गरेको कामबाट प्रभावित भईरहेको थियो । गिरानचौर बस्ती निर्माण सम्पन्न भएको केही समय नबित्दै पुन फाउण्डेशनले बर्दिबासमा मुसहर बस्ती निर्माण गर्ने परिकल्पना बुन्यो ।

टेकेन्द्रको सौभाग्य भनौं उनलाई धुर्मुस सुन्तली फाउण्डेशनले मुसहर बस्ती निर्माणमा पनि सहकार्य गर्न निमन्त्रणा गर्यो । उनले सो निमन्त्रणालाई सहजै स्विकार्दै बर्दिबासतर्फ निस्किए । २ महिना भन्दा बढी समय मुसहर बस्तिमा पनि स्वयंसेवकको रुपमा रहि उनले काम गरे । बस्ती निर्माणको काम सम्पन्न भएपछि फाउण्डेशनबाट बिदा हुँदै उनी पुन उहीँ सपनाको सहर काठमाडौं भित्रिए ।

आफूले जानेको सिपलाई सदुपयोग गर्नतर्फ उनी निरन्तर लागिरहेका थिए । उनलाई फेरि धुर्मुस सुन्तली फाउण्डेशनले रौतहटमा निर्माण गर्न लागेको एकीकृत सन्तपुर बस्तीमा हातेमालो गर्न सम्पर्क गर्यो । त्यसपछि उनी धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक कर्मचारी भए । सन्तपुर बस्ती निर्माणको काम सम्पन्न भएपछि उनी दिगो हुने कामको खोजिएमा भौतारिए । सोही समय गैर आवासीय नेपाली संघ (एनआएएनए)ले गोरखाको लारपाकमा बस्ती निर्माण गरिरहेको थियो । त्यहाँ १ वर्षभन्दा बढी समय सहकार्य गरे । यो उनको लागि अघिल्ला बस्ती निर्माणको भन्दा केही लामो समयको सहकार्य भएर होला उनले कयौं ज्ञान हासिल गर्ने अवसर पाए ।

भएको केही समय नबित्दै फाउण्डेशनले चितवनस्थित भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने सोच बुन्यो । ठूलो परियोजनासंगै ठूलो सपना बोकेर उनी चितवन गए । करिब २ वर्षभन्दा बढी समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा होमिए ।

स्वदेश तथा बिदेशमा रहेका नेपालीको सहयोगबाट रंगशाला निर्माणको काम अगाडि बढिरहेको थियो । त्यत्तिकैमा कोरोना भाईरसले बिश्व आक्रान्त बन्दै गयो । नेपालमा पनि कोरोना संक्रमित बढ्दै गए । सोचे जस्तो सहयोग आउन सकेन । बिस्तारै रंगशाला निर्माणको कामले कम गति लिन थाल्यो । निर्माण सामाग्रीको र रंगशाला निर्माणमा खटिएका कर्मचारीलाई तलब दिन फाउण्डेशनलाई गाह्रो हुँदै गयो । बजारमा तिर्नपर्ने रकम करिब १८ करोड भन्दा माथी पुग्यो । फाउण्डेशनले रगशाला निर्माण अभियानलाई निरन्तरता दिन सकेन ।

धुर्मुस सरोकारवाला निकाय गुहार्दै सिंहदरबार धाईरहेका थिए भने उता टेकेन्द्र रंगशाला निर्माण स्थलमा नै रहि परियोजनाको रेखदेख गरिरहेका थिए । सरकारबाट सहयोग आउने आशा केबल आशामा मात्र सिमित रह्यो । फाउण्डेशनले रंगशालाको थप काम अगाडि बढाउन नसक्ने अवस्था आएपछि रंगशाला निर्माणको जिम्मेवारी भरतपुर महानगरपालिकालाई सुम्पियो । परियोजना महानगरलाई सुम्पिएसंगै टेकेन्द्र पुन राजधानी छिरे ।

यसरी कयौं सामाजिक काममा हातेमालो गरेका उनी अहिले पनि राजधानीमा आफ्नो इलेक्ट्रिक पेशासंगै सामाजिक कामलाई निरन्तरता दिँदै आइरहेका छन । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने संकल्पका साथ लागिरहेका उनी भन्छन्, ‘सामाजिक कामबाट मैले धेरै उर्जा हासिल गरे । अहिले उहीँ उर्जालाई खर्चिरहेको छु । आफूमा भएको सीपलाई सही सदुपयोग गर्नाले अहिले रोजगारीको लागि भौतारिन परेको छैन ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई…

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’

उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा

काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही

दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत

देशभर कुन-कुन सडक अवरुद्ध छन् ?

काठमाडौं । गत ११ र १२ गते आएको अविरल वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् ।

Techie IT