काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।
एमाले जिल्ला कमिटीमा विभिन्न भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका राना पार्टी नेतृत्वको रक्षा र कार्यकर्ताको सुरक्षामा सदैव प्रतिवद्ध रहँदै निष्ठाको राजनीति गर्ने नेतामा पर्नुहुन्छ ।
युवालाई उत्पादनसंग जोड्दै राजनीति मार्फत सामाज रुपान्तरणका लागि काम गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राख्दै उहाँले समृद्धिको संकल्प सहित पार्टीबाट युवा उद्यमशिलताको मुख्य एजेण्डा उठाउँदै आउनुभएको छ ।
पार्टी संगठन सुदृढीकरण, जनआधारित राजनीति र प्रदेशस्तरमा संगठन विस्तारमा सक्रिय रहँदै आएका रानाले केन्द्रीय नेतृत्वमा रहेर पार्टीको नीति, सिद्धान्त र कार्यक्रम कार्यान्वयनमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
लुम्बिनी प्रदेशमा लामो समयदेखि पार्टी संगठनमा क्रियाशील रहनुभएका रानाले स्थानीय तहदेखि प्रदेशसम्म पार्टीलाई मजबुत बनाउन विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। उहाँको उम्मेदवारीले लुम्बिनी प्रदेशको प्रतिनिधित्व अझ सशक्त हुने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।
केन्द्रीय सदस्य पदका उम्मेदवार रानाले पार्टीभित्र अनुशासन, एकता र जनताको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै पार्टीलाई थप जनमुखी र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ।