गृहपृष्ठ ∕ समाचारपत्र ∕ सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय खारेज गर्न माग सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय खारेज गर्न माग स्वर्णपत्र बिहीबार, २०८२ मंसीर ४ गते, १५:२७ मा प्रकाशित समाचारपत्र काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् । गत भदौ २३ र २४ गते जेन जीका नाममा आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएकोले यो अवस्थाको सृजनाकर्ता पनि उनीहरू नै भएको ओलीको दाबी छ । अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ फर्काउँदै उक्त कुरा उल्लेख गरेका हुन्। प्रधानमन्त्री सुशीला कार्की र उनको मन्त्रिमण्डलका सदस्यहरूले राज्य सत्ता कब्जा गर्ने दृश्य अदृश्य कार्य गरेको कुरा घटनाक्रमले पुष्टि गरेको अध्यक्ष ओलीको जवाफमा उल्लेख छ । पूर्व महान्याधिवक्ता रमेश बडालले अध्यक्ष ओलीले बुधबार सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफअनुसार संविधानको पूर्ण बफादार रहन्छु भनेर शपथ खाएको एक घण्टा नबित्दै त्यसको उल्लंघन गर्दै कार्कीले संसद् विघटन गरेकोले यो पूर्णत असंवैधानिक भएको उल्लेख गरेका छन् । संविधानको धारा ७६ बमोजिम नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुपर्नेमा संविधानविपरीत सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्नु संविधानविपरीत भएको अध्यक्ष ओलीको जवाफमा उल्लेख गरिएको छ । #केपी ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय नृत्य प्रतियोगितमा दुवाकोटस्थित गोल्डेन सुनगाभा विद्यालय प्रथम भएको छ । चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दावी गरेका उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी स्काउटको जग्गामा पूर्वमन्त्री दीपक खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ३ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग ४ लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत ५ रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ? ६ जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर ७ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ८ कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ