Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रजेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

अदालत र सरकारीको वकिलको कार्यालयदेखि कान्तिपुर र राम नारायण बिडारीसमेत निसानामा


काठमाडौं । आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले पनि रास्वपाको नियतमाथि प्रश्न उठाएको छ ।

जेन जी आन्दोलनलाई धमिल्याएर रास्वपाले माछा मार्न खोजेको भनेर पनि चर्को टिप्पणी भइरहेको छ । कतिपय जेन जी अभियन्ताले रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट छुटाउनु आफूहरुको उद्देश्य नभएको प्रतिक्रिया दिएका छन् ।

रास्वपाको मुद्दा चलिरहेको सर्वोच्च अदालत, मुद्दा चलाउने सरकारी वकिलको कार्यालय, रुपन्देहीको जिल्ला अदालत र बुटवलको उच्च अदालतमा प्रदर्शनकारीले आगो लगाएका छन् । यसरी छानीछानी रविविरुद्ध मुद्दा चलेका वा चलाइएका ठाउँमा आगो लाग्नुलाई पनि कतिपयले रहस्यका रुपमा हेरेका छन् । त्यतिमात्रै होइन, रविविरुद्ध आवाज निकाल्नेहरु पनि कोही बाँकी बसेनन् ।

रविविरुद्ध समाचार लेखको आरोप लगेको कान्तिपुर दैनिक पनि प्रदर्शनकारीको निसानामा पर्यो । कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिक मात्रै होइन, कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको निजी निवाससँगै उनको छोरा–बुहारी बस्ने घरलाई पनि प्रदर्शनकारीले जलाइदिए । त्यस्तै प्रायः रविविरुद्ध अभिव्यक्ति दिने अभिवक्ता रामनारायण बिडारीको घरमा पनि उनीहरुले आगो झोसिदिए ।

यसरी हेर्दा जेन जीको आन्दोलनमा रास्वपाले आफ्नो स्वार्थको रोटी सेकेको बुझ्न कठिन छैन । जेन जीलाई आफ्नो कार्यकर्ता ठानेर दुरुपयोग गर्ने अर्का व्यक्ति हुन्– रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की । भीडलाई उत्तेजित पार्ने, रवि लामिछानेलाई जेलबाट छुटाउन भीडलाई नख्खुतिर लैजानेमा कार्कीको हात महत्वपूर्ण छ ।

त्यतिमात्रै होइन, राविलाई जेलमुक्त हुनका लागि कारागारले दिएको भनिएको पत्र पनि शंकास्पद देखिएको छ । पत्रमा लेखिएको मिति केरेर अर्को लेखिएको प्रष्ट देखिन्छ । जेन जी आन्दोलनलाई रास्वपाले मात्रै होइन, राप्रपादेखि माओवादीसम्मले आफूअनुकुल प्रयोग गर्न खोजेको देखिन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT