Techie IT
Monday, December 15, 2025 | सोमबार, मंसीर २९, २०८२
२०८२ मंसीर २९, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित


काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका हुन् ।

सार्क एजुकेशनल कन्क्लेभ एण्ड अवार्ड समारोहमा निर्देशक घिमिरेसहित दक्षिण एसियाली मुलुकको शिक्षा क्षेत्रमा विशिष्ठ योगदान पुर्याउनेलाई सम्मान गरिएको हो ।

शिक्षालय नेपाल परिवारको आयोजना र विभिन्न शैक्षिक संघसंस्थाहरूको सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत सार्क राष्ट्रहरूबाट विशिष्ट शिक्षाविद्हरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका ख्यातिप्राप्त व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व–प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको गुणस्तर अभिवृद्धि, नवप्रवर्तन र क्षेत्रीय सहकार्यलाई समयानुकूल रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

त्यस्तै, विशेष अतिथि वरिष्ठ शिक्षाविद् डा. विध्यानाथ कोईरालाले दक्षिण एशियाली शिक्षा प्रणालीमा सुधार र समन्वयको खाँचो रहेको भन्दै यस्ता कार्यक्रमहरूले साझा विकासको बाटो खुलाउने विश्वास व्यक्त गरे।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

Techie IT