Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रगुल्मी-काठमाडौं सम्पर्क मञ्चले एसईई उतीर्णलाई गर्यो सम्मान, १७० विद्यार्थी सम्मानित

गुल्मी-काठमाडौं सम्पर्क मञ्चले एसईई उतीर्णलाई गर्यो सम्मान, १७० विद्यार्थी सम्मानित


काठमाडौं । नेकपा एमाले गुल्मी–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा नेकपा एमालेका कुशल संगठक एवम् जननायक जीवनराज आश्रितको ८२औँ जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

शनिबार आयोजित उक्त कार्यक्रममा नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि र सचिव गोकर्ण विष्ट विशेष अतिथि रहेका थिए । कार्यक्रममा २०८१ सालमा एसईईै उत्तीर्ण भएका १७० जना विद्यार्थीलाई सम्मान गरिएको थियो।

सोही अवसरमा हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज विशेष कार्यक्रमको रूपमा समेत आयोजना गरिएको थियो । जसमा करिब ६०० जनाको उत्साहपूर्ण सहभागिता रह्यो। कार्यक्रममा राजनीतिक, सामाजिक, शैक्षिक, र सांस्कृतिक क्षेत्रका अतिथि, अभिभावक, पत्रकार, कलाकार, शिक्षक, तथा विभिन्न तह–तप्काका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गुल्मी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तारा प्रसाद न्यौपानेले सभ्य, शिष्ट र भव्य बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अभिभावक, अतिथि, पत्रकार, कलाकार, शिक्षक, स्वयंसेवक र सहभागी सबैप्रति हार्दिक आभार प्रकट गरेका थिए । तारा प्रसाद न्यौपाने आगामी चुनावका लागि छत्रकोट गाउँपालिकाका लागि अध्यक्षको रूपमा चुनावमा उठ्ने समेत योजना बनाइरहेका छन्  ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT