गृहपृष्ठ ∕ समाचारपत्र ∕ विकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र विकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र आयोजनाको पक्षमा स्थानीयले लगाए नारा स्वर्णपत्र सोमबार, २०८२ असार २ गते, १९:५६ मा प्रकाशित समाचारपत्र काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे तथा भोटेकोशी विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । अझ यहाँको समृद्धिको मुख्य माध्यम नै जलविद्युत आयोजना हो । तर पछिल्लो अवस्था यस्तो छ कि, यहाँ कुनै पनि आयोजना अघि बढाउन एकदमै कठिन छ । स्थानीय नागरिक आयोजनाको पक्षमा हुँदाहुँदै पनि केही स्वार्थ समूहका कारण यहाँ जुनकुनै प्रोजेक्ट अघि बढाउन असहज छ । त्यसको पछिल्लो उदाहरण हो– आइतबार कालिका इनर्जी प्रालिले आयोजना गरेको सार्वजनिक सुनुवाइमा भएको लफडा । यहाँ बन्न लागेको ४६ मेगावाट क्षमताको भोटेकोशी– ५ जलविद्युत् आयोजनाका लागि आइतबार बाह्रविसे नगरपालिकाको प्राङ्गणमा नै सार्वजनिक सुनुवाइको आयोजना गरिएको थियो । तर कार्यक्रम सुरु हुनुभन्दा अघि नै केही मान्छेहरुले हुलदंगा गरेका कारण कार्यक्रम नै स्थगित हुनपुग्यो । आयोजनास्थलका स्थानीय आयोजनाकै पक्षमा हुँदाहुँदै पनि केही स्वार्थ समूहका कारण कार्यक्रमस्थलमा तोडफोडसमेत भएको आयोजनाले जनाएको छ । कार्यक्रमस्थलमा स्थानीयहरुले आयोजनाकै पक्षमा नारासमेत लगाएका थिए । सार्वजनिक सुनुवाइबारे आफूहरुलाई जानकारी नदिएको भन्दै केही मान्छेले आयोजनाविरुद्ध पनि नारा लगाएका थिए । तर आयोजनाले एक स्थानीय पत्रिकामा नै सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गरेको थियो । अब आयोजनाले वडास्तरमा छलफल गरेर सार्वजनिक सुनुवाइको नयाँ मिति तोक्ने जनाएको छ । बाह्रविसे नगरपालिकाकै प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाइमा केही स्थानीयले गुण्डागर्दीको शैलीमा अराजकता मच्चाउँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको आयोजनाको भनाइ छ । #भोटेकोशी-५ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अमेरिकाले झन् कडा बनायो भिसा नीति काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा… काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे… भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ संसदमा सोविता गौतमलाई सुनिता बरालकाे चुनौती: सिक्ने भए भाषा सिकाउन तयार छौं, तर मनलाग्दी नबोल्नू ४ ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ७ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ८ तीन महिनामा १४५ रुपैयाँले बढ्यो अण्डाको भाउ, अझै बढ्ने अनुमान