Techie IT
Wednesday, July 29, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रराजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श

राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श


काठमाडौं । बलेफी गाउँपालिका वडा नं ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२–८३ को योजनाहरू निर्माण तथा अघिल्लो वर्षको समीक्षा गरिनुको साथै स्थानीय आवश्यकता र विकासका सम्भाव्य क्षेत्रहरूबारे गम्भीर छलफल गरिएको थियो । व

डाध्यक्ष तेजबहादुर पराजुलीका अनुसार विभिन्न पेशा, व्यवसाय र अध्ययन लगायतका कारणले काठमाडौंमा बसोबास गरिरहेका वडावासीहरूसँग प्रत्यक्ष संवादमार्फत राय, सुझाव र सरोकार संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । ‘स्थानीयस्तरमा योजनाको प्राथमिकता निर्धारणमा यस्ता कार्यक्रमहरू निकै उपयोगी हुने देखिएको छ’, उनले भने ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पूर्वाधार विकास, सामाजिक रूपान्तरण, व्यवसायिक उन्नयन, कृषि तथा पर्यटन प्रवद्र्धन लगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए । सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार, होमस्टे सञ्चालन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा स्थानीय सरकारको सक्रियता बढाउनुपर्ने आवाज उठाइएको थियो ।

व्यवसायी तथा समाजसेवी भरत पराजुलीले स्थानीय विकासमा सरकारले मात्र नभई नागरिकहरू स्वयं पनि सकृय हुनु पर्नेमा जोड दिए । उनले स्थानीय उत्पादन वृद्धि गरी बजारिकरणमा सहयोग गर्ने समेत प्रतिवद्द्ता जनाए । निरन्तर संवाद र सहकार्यद्वारा योजना छनोट तथा कार्यान्वयन प्रभावकारी हुने भन्दै आगामी दिनमा यस्ता साझा कार्यक्रम नियमित गर्नुपर्नेमा सरोकारवालाहरूले आग्रह गरेका छन् ।

कार्यक्रममा रामकृष्ण पराजुली, गणेश तिमल्सिना, राजु चौलागाई, दिनेश दिक्षित, शुकुलाल तामाङलगायतले विकासका विभिन्न पक्षमा सुझाव प्रस्तुत तथा सहयोग र सहकार्यको प्रस्ताव राखेका छन् । साथै, राजु चौलागाईमार्फत जालवारी आधारभूत स्वास्थ्य केन्द्र र सातकन्या आधारभूत विद्यालयलाई एक–एक थान ल्यापटप पनि हस्तान्तरण गरिएको थियो ।

सञ्चारकर्मी विदुर आचार्यले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरूले वडाध्यक्ष पराजुलीको सबैको सहभागिता सुनिश्चित गर्न गरिएको प्रयासको प्रशंसा गरेका थिए । अध्यक्ष पराजुलीले संकलित सुझावहरूलाई आगामी योजनाहरूमा समावेश गरी स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT