Techie IT
Wednesday, July 29, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रभोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी

भोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा बन्न लागेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा लफडा भएको छ । केही स्थानीयले कार्यक्रमस्थलमै तोडफोड गरेपछि सार्वजनिक सुनुवाइमा लफडा भएको हो ।

स्थानीयले ‘गुण्डागर्दी’ शैलीमा सार्वजनिक सुनुवाइ बिथोल्न खोजेको आयोजनाको बुझाइ छ । केही स्थानीयले भने आयोजनाले आफूहरुलाई ‘थाहै नदिइ’ जबरजस्त सार्वजनिक सुनुवाइ गर्न खोजेको आरोप लगाएका छन् । यद्यपि, आयोजनाले स्थानीय ‘लोकप्रिय दैनिक’मा सूचना जारी गरेर सार्वजनिक सुनुवाइबारे जानकारी दिएको थियो ।

कार्यक्रममा आयोजनाको पक्षमा पनि नाराबाजी भएको थियो । कतिपयले आफ्नो क्षेत्रमा उक्त आयोजना आवश्यक रहेको भन्दै आयोजनाको पक्षमा नारा लगाएका थिए । आयोजनाको पावरहाउस बन्ने कल्लेरीका स्थानीय खुलेरै आयोजनाको पक्षमा उभिएका थिए ।

कार्यक्रममा लफडा भएपछि आयोजनाबारे बुझ्न र सोध्न पुगेका स्थानीय दुखी भएका छन् । उनीहरुले यस्तो गुण्डागर्दी पाराले आफ्नो ठाउँको विकास नहुने भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

नगरपालिकाको कभर्ड हलमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ बिथोल्दै केही स्थानीयले सार्वजनिक सम्पत्ति तोडफोड गरेका थिए ।

४६ मेगावाट क्षमताको उक्त आयोजनालाई कालिका हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT