Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रभोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी

भोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा बन्न लागेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा लफडा भएको छ । केही स्थानीयले कार्यक्रमस्थलमै तोडफोड गरेपछि सार्वजनिक सुनुवाइमा लफडा भएको हो ।

स्थानीयले ‘गुण्डागर्दी’ शैलीमा सार्वजनिक सुनुवाइ बिथोल्न खोजेको आयोजनाको बुझाइ छ । केही स्थानीयले भने आयोजनाले आफूहरुलाई ‘थाहै नदिइ’ जबरजस्त सार्वजनिक सुनुवाइ गर्न खोजेको आरोप लगाएका छन् । यद्यपि, आयोजनाले स्थानीय ‘लोकप्रिय दैनिक’मा सूचना जारी गरेर सार्वजनिक सुनुवाइबारे जानकारी दिएको थियो ।

कार्यक्रममा आयोजनाको पक्षमा पनि नाराबाजी भएको थियो । कतिपयले आफ्नो क्षेत्रमा उक्त आयोजना आवश्यक रहेको भन्दै आयोजनाको पक्षमा नारा लगाएका थिए । आयोजनाको पावरहाउस बन्ने कल्लेरीका स्थानीय खुलेरै आयोजनाको पक्षमा उभिएका थिए ।

कार्यक्रममा लफडा भएपछि आयोजनाबारे बुझ्न र सोध्न पुगेका स्थानीय दुखी भएका छन् । उनीहरुले यस्तो गुण्डागर्दी पाराले आफ्नो ठाउँको विकास नहुने भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

नगरपालिकाको कभर्ड हलमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ बिथोल्दै केही स्थानीयले सार्वजनिक सम्पत्ति तोडफोड गरेका थिए ।

४६ मेगावाट क्षमताको उक्त आयोजनालाई कालिका हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ

डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

Techie IT